गोबिन्द प्रसाद चौलागाईं वरिष्ठ उपाध्यक्ष प्रत्याशी, श्रमजीवी पत्रकारको मुटु नै

  • मंसिर २१, २०८१
  • ४६५ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स /  सिरहा, मंसिर २१ – नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि गोबिन्द प्रसाद चौलागाईंले उम्मेदवारी दर्ता गर्नुभएको छ। उहाँको उम्मेदवारीलाई पत्रकारिता क्षेत्रको सशक्त नेतृत्वका रूपमा हेरिएको छ। चौलागाईंले आफ्नो अनुभव, दुरदर्शिता र नेतृत्वदायी क्षमताले महासंघलाई अझ सुदृढ बनाउने वाचा गर्नुभएको छ। श्रमजीवी पत्रकारहरूको हक, अधिकार, र सुरक्षाका लागि उहाँले पुर्याएको योगदानलाई व्यापक समर्थन प्राप्त भएको छ। उहाँको सक्रियता, श्रमजीवी पत्रकारहरूको तलब, सेवा सुविधा र सामाजिक सुरक्षाको सवालमा उठाएको अडानले पत्रकार समुदायलाई नयाँ दिशा देखाएको छ। यस्तै, “जन्मदिनलाई सत्कर्मसँग जोडौँ” अभियानका अभियन्ता चौलागाईंले समाज सुधारका क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँको मिलनसार र सहयोगी व्यक्तित्वले पत्रकार समुदायमा व्यापक लोकप्रियता बनाएको छ। चौलागाईंले पत्रकारहरूको सीप विकास, अवसरको सिर्जना, र चुनौतीहरूको समाधानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै पेशालाई सुरक्षित र मर्यादित बनाउन महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। उहाँले निर्वाचनमा उत्साहजनक सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै चौलागाईंका समर्थकहरूले महासंघलाई सबल र सबैको प्रतिनिधित्व गर्ने संस्था बनाउने प्रतिबद्धता रहेको बताएका छन्। यो निर्वाचनले नेपाल पत्रकार महासंघको आगामी नेतृत्वलाई नयाँ दिशा दिनुको साथै पत्रकारिता क्षेत्रको उन्नति र एकताको लागि नयाँ अध्याय कोर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

कुस्तीको अखाडादेखि स ...

सिरहा ।  गाउँको माटोसँग जोडिएको सम्बन्ध, समाजसँगको निरन्तर सामीप्यता र जनजीवनका गतिविधिमा देखिन ...

रंगीला देवी जयसवालको ...

 नेपाली कांग्रेसका सभापति गगन कुनार थापा आइतबार बिहान आफ्नै निर्वाचन क्षेत्र सर्लाही ४ पुगेर स् ...

कांग्रेस परित्याग गर ...

सिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका युवा नेता अरुण यादव नेपाली कांग्रेस परित्याग गरी राष्ट्र ...