सिरहा । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित ८ जनाको घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा परि घाइते भएका अन्य ५ जनाको उपचार भइरहेको छ। दर्शनार्थी बोकेको स्कर्पियो दुर्घटना : दुर्घटना सिराहाको अर्नामा गाउँपालिका–३ बंठियाटोलका गढीमाई दर्शन गरी फर्कंदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो जंगल क्षेत्रमा अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएपछि भएको हो। मृतकहरूको पहिचान : जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार मृतकको पहिचान भइसकेको छ। मृत्यु हुनेमा: १. लरुवती देवी महरा (६० वर्ष २. उर्मिला महरा (३० वर्ष) ३. रामकुमारी महरा (५० वर्ष) ४. महगीं देवी महरा (५५ वर्ष) ५. फुलमन्ति देवी चमार (६२ वर्ष) ६. रामकुमारी देवी महरा (६० वर्ष) ७. सकुन्तला देवी महरा (३० वर्ष) ८. श्रीकुमार यादव (४० वर्ष, स्कर्पियो चालक) रहेका छन्। घटनास्थल र अनुसन्धान : घटनास्थलमा पुगेको प्रहरीले दुर्घटनाका कारणबारे प्रारम्भिक अनुसन्धान गरिरहेको छ। अनियन्त्रित गतिको कारणले दुर्घटना भएको अनुमान गरिएको छ। घाइतेको चन्द्रपुरकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यस दुर्घटनाले गाउँ नै शोकको छायाँ छाएको छ भने मृतकका परिवार र स्थानीयहरू स्तब्ध भएका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved