सिरहा चोहर्वा सडकखण्डमा दुर्घटना, मोटरसाइकल चालक गम्भीर घाइते

  • मंसिर २६, २०८१
  • ७०४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा/ मंसिर २६ गते, बुधबार बिहान करिब ८ बजे सिरहाको चोहर्वा सडक खण्डअन्तर्गत भलुवाही र पदमपुरको बीचमा गम्भीर सडक दुर्घटना भएको छ। मोटरसाइकल लु ८० प ०१५१ र म्याजिक को १ ज ३३९७ आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन भन्ने म्याजिकमा सबार यात्रीहरुको अबस्था सकुशल रहेको छ ।  रहेका प्रत्यक्षदर्शीका अनुसार दुर्घटना अत्यन्तै तीव्र गतिमा भएको थियो। घाइते मोटरसाइकल चालकको परिचय हालसम्म खुल्न सकेको छैन। उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ। यो सडकखण्डमा सवारीसाधनको गति र ट्राफिक व्यवस्थापनको अभावका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...