कुख्यात भारतीय डाँका सिरहाबाट पक्राउ

  • पुस २, २०८१
  • ३९६ पटक पढिएको
  • prades times
alt

सिरहा : कुख्यात भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन्। प्रहरीले सिरहा नगरपालिका–१७ माडरस्थित दशगजा क्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो। आरिफलाई शनिबार बिहान ४ बजे हात खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको घाइते अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। प्रहरीका अनुसार, नेपाल सहित भारतका विभिन्न स्थानमा उनी विरुद्ध डकैती, लुटपाट तथा संगठित अपराध मुद्दा दर्ता छ। महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकको शाखामा २०८० जेठ १६ मा भएको लुटपाट घटनामा पनि उनी प्रतिवादी रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले बताए। त्यस शाखाबाट पाँच जनाको हतियारधारी समूहले पेस्तोल देखाउँदै ३८ लाख लुटेको थियो। यस्तै, २०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आईएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई उनको साथबाट नौ लाख रुपैयाँ लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरीले जनाएको छ। भारतीय प्रहरीले उनीबारे सूचना दिनेलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको समेत सिरहा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...