आबि राजपुरमा स्कूल जाने बाटो छेकिएपछि विद्यार्थी बिचल्लीमा

  • पुस ६, २०८१
  • ३७४ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/  सिरहा – सिरहाको विष्णुपुर गाउँपालिका–२ स्थित आधारभूत विद्यालय राजपुरका विद्यार्थीहरू विद्यालय प्रवेश गर्न नपाउँदा बिचल्लीमा परेका छन्। विद्यालय प्राङ्गणमा प्रवेश गर्ने एक मात्र बाटो छेकिन पुगेपछि २५० भन्दा बढी विद्यार्थी प्रभावित भएका हुन्। स्थानीय मिथलेश झाले आफूले बसोबास गरिरहेको घरको जग्गा विद्यालय प्रवेशका लागि प्रयोग गर्न दिएको बताए। तर, वर्षौंदेखि समस्या समाधानका लागि गाउँका नेतृत्व र समाजसँग गुहार्दा कुनै सुनुवाइ नभएको गुनासो गर्दै झा आफैंले बाटो छेकेको बताए। “समस्या समाधानका लागि धेरै पटक आवाज उठाएँ, तर कसैले चासो दिएन। बाध्य भएर मैले बाटो छेकेको हुँ,” झाले भने। तीन दिनदेखि विद्यार्थीहरूले विद्यालयको प्राङ्गणमा प्रवेश गर्न नसकेको स्थानीयहरूले बताएका छन्। यसले बालबालिकाको शिक्षा अधिकारमा गम्भीर असर परेको उनीहरूको भनाइ छ। विद्यालयका प्रधानाध्यापक र स्थानीय प्रतिनिधिहरूले समस्या समाधानका लागि पहलमा नजुटिएपछि समस्या तत्काल समाधान हुने संकेत देखिएको छैन। विद्यार्थीहरुको समस्या समाधानको लागी गाउँले अगुवा तथा स्थानीय जनप्रतिनिधिको चासो जरुरी भएपनि उनिहरु मौन देखिएको छ स्थानीय अभिभावक शान्ति देवि यादवले बताइन । बिद्यालय ब्यबस्थापन समिति सदस्य तथा स्थानीय अभिभावक उर्मिला देवि यादव भन्छिन , “बालबालिकाको भविष्यसँग जोडिएको विषयमा गाउँले नेतृत्व उदासीन छ। यसले बालबालिकाको भविष्य अन्योलमा पारेको छ।” समस्याको दीर्घकालीन समाधानका लागि सरकारी तहबाट पहल र स्थानीयस्तरमा संवाद आवश्यक रहेको अभिभावकहरूको माग छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...