छलफलको शर्तमा विद्यालय जाने बाटो खुल्यो - प्रदेश टाइम्स

  • पुस ८, २०८१
  • ४२९ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स/ पुस ८ ।  सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका–२ स्थित आधारभूत विद्यालय राजपुरका विद्यार्थीहरूको विद्यालय प्रवेशमा समस्या समाधान भएको छ। हप्तौंसम्म विद्यालयको प्रवेश मार्ग अवरुद्ध हुँदा प्रभावित २५० भन्दा बढी विद्यार्थीहरू अब विद्यालय जान पाउने भएका छन्। स्थानीय मिथलेश झाले आफ्नो घरको जग्गा विद्यालय प्रवेशका लागि वर्षौंदेखि प्रयोग हुँदै आएको तर समस्याको समाधानका लागि पटक–पटक गुहारे पनि कुनै सुनुवाइ नभएको भन्दै बाटो छेकेका थिए। झाले भने, “समस्या समाधानका लागि आवाज उठाउँदा पनि कसैले चासो नदिएपछि बाध्य भएर मैले बाटो छेकेको हुँ।” तीन दिनसम्म विद्यार्थीहरूले विद्यालय प्राङ्गणमा प्रवेश गर्न नसक्दा पठनपाठन पूर्ण रूपमा प्रभावित भएको थियो। स्थानीय अभिभावक शान्ति देवी यादवले नेतृत्वको उदासीनताका कारण बालबालिकाको शिक्षा अधिकारमा गम्भीर असर परेको बताइन्। विद्यालय व्यवस्थापन समिति सदस्य उर्मिला देवी यादवले पनि बालबालिकाको भविष्यलाई प्राथमिकतामा राख्दै समस्या समाधान गर्न माग गरिन्। अन्ततः विद्यालय प्रशासन, स्थानीय जनप्रतिनिधि, र प्रभावित पक्षबीच आउँदो शनिबार छलफल गरि समस्या समाधान गर्ने भन्ने शर्तमा स्थानीय प्रहरी प्रशासनले बाटो खुलाएका छन ।हाल प्रारम्भिक सहमति र शर्त बाट नै विद्यार्थी प्रवेश मार्ग पुनः खुला गर्न सहमत भएपछि विद्यालयको पठनपाठन सुचारु हुने भएको छ। स्थानीय अभिभावकहरूले यो समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारी तहबाट पहल र समुदाय स्तरमा संवादको आवश्यकता रहेको औंल्याएका छन्। बालबालिकाको शिक्षा सुनिश्चित गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने उनीहरूको माग छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...