श्री घुर्मी किनार सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न

  • पुस १३, २०८१
  • ४८३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, पुस १३ - सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १० मा रहेको श्री घुर्मी किनार सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा उल्लेखनीय जनसहभागिताका साथ सम्पन्न भएको छ। प्रमुख अतिथि नगर प्रमुख श्याम कुमार श्रेष्ठले वन संरक्षण र दिगो व्यवस्थापनमा सबै पक्षको योगदान आवश्यक रहेको भन्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे भने वडा नम्बर १० का अध्यक्ष उपेन्द्र मुखियाले उपभोक्ताहरूको सक्रियता र जिम्मेवारीको प्रशंसा गर्दै वडाको भूमिकालाई अझ सशक्त बनाउने धारणा राखे। सब-डिभिजन वन कार्यालय प्रमुखले सामुदायिक वनले पर्यावरणीय सन्तुलनमा पुर्‍याएको योगदानको चर्चा गर्दै आगामी दिनमा सहकार्यको आवश्यकता औंल्याए। अध्यक्ष ज्ञान कुमार सिंहले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वन व्यवस्थापन, संरक्षण, र आर्थिक गतिविधिबारे जानकारी दिए र साधारण सभाले वन क्षेत्रको संरक्षणका विभिन्न योजना अघि सारेको बताए। कार्यक्रमको सञ्चालन समुहका सचिव मुकेश कुमार यादवले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...