सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच डिआईजी स्तरीय बैठक सम्पन्न

  • पुस १३, २०८१
  • ३०० पटक पढिएको
  • प्रदेश टाइम्स सम्बाददाता
alt

 पुस १३, सिरहा—सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच नियमित रूपमा आयोजना हुने डिआईजी स्तरीय समन्वयात्मक बैठक महोत्तरीस्थित सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयको आयोजनामा सम्पन्न भएको छ। बैठकमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी, भारतीय एसएसबीका सेक्टर कमाण्डरहरू डिआईजी दीपक कुमार, डिआईजी राजेश टिकु, र डिआईजी सुब्रमानिएमको उपस्थिति रहेको थियो। सीमा सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, र सीमामा हुने आपराधिक गतिविधि रोकथामजस्ता विषयमा गहन छलफल गरिएको यस बैठकमा दुबै पक्षका उच्च अधिकारीहरूको सहभागिता थियो। बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै समन्वयलाई सुदृढ गर्न सहयोग गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...