लहानका व्यवसायी विकास शारडा सुन तस्करीको प्रमुख योजनाकारको रूपमा उदाए

  • पुस २५, २०८१
  • ४८७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 मधेश प्रदेशको सिरहा, लहानका चर्चित व्यवसायी विकास शारडाको नाम सुन तस्करीको प्रमुख योजनाकारको रूपमा सार्वजनिक भएको छ। राजनीतिक आवरणमा रहेर शारडाले नेपाल-भारतबीच गैरकानुनी रूपमा सुन तस्करी गर्दै आएका प्रमाण फेला परेका छन्। सिरहा, सप्तरी, उदयपुर, र सिन्धुली लगायतका जिल्लामा सुनचाँदी वितरण गर्दै आएका शारडाले अरबौं रुपैयाँको राजस्व छली गरेको स्थानीय राजस्व कार्यालयले जनाएको छ। भारतको बिहारका महिला भरियाहरूको प्रयोग गरी सुन भारत पठाउने र कतार तथा खाडी मुलुकबाट रोजगारीका लागि गएका नेपालीहरू मार्फत नेपालमा सुन भित्र्याउने उनको नेटवर्क रहेको तथ्य खुलेको छ। समय्बद सप्ताहिकमा उल्लेख गरेको छ । शारडाको स्थानीय राजनीतिक नेताहरू र प्रहरी प्रशासनमा बलियो पहुँच रहेको बताइन्छ। राजस्व अनुसन्धान विभागमा उजुरी परे पनि सम्बन्धित निकायले प्रभावकारी कदम नचालेको गुनासो जनस्तरमा छ। उच्च पदस्थ अधिकारीदेखि स्थानीय प्रशासनसम्म मासिक रूपमा रकम बाँड्दै तस्करीलाई सहज बनाएको आरोप शारडामाथि लागेको छ। व्यवसायिक भूमिकामा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य र सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष रहेका शारडा नेपाली कांग्रेसबाट राजनीतिक महत्वाकांक्षा लिएर प्रदेश सांसद वा लहान नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्ने तयारीमा छन्। उनको नामसँगै नेपाल र भारत दुवै देशको नागरिकता लिएको आरोपले नेपालको कानुनी र प्रशासनिक प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ। शारडाका गैरकानुनी गतिविधिले मधेश प्रदेश र नेपालका आर्थिक, कानुनी तथा प्रशासनिक संरचनामा गम्भीर असर पारेको देखिन्छ। यस्तो अवस्थामा सम्बन्धित निकायको सक्रियता र निष्पक्ष अनुसन्धान जरुरी रहेको सर्वसाधारणले माग गरेका छन्। 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...