कृषि विकास बैंक सिरहाका हाकिमको मनोमानी: ऋणी किसानलाई सास्ती, प्रतिक्रिया दिन अस्वीकार

  • माघ १२, २०८१
  • ५९० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा — कृषि विकास बैंक सिरहा शाखाका हाकिम कृष्ण निरौलाको नेतृत्वमा भइरहेका अनियमितताका कारण किसानहरू समस्यामा परेका छन्। बैंकले पुराना ऋणीहरूसँग असुली गर्ने क्रममा जग्गाको मूल्यांकन कम गर्दै उनीहरूलाई आर्थिक दबाब दिइरहेको किसानहरूको गुनासो छ। शुक्रबार, यस विषयमा प्रतिक्रिया लिन खोज्दा हाकिम निरौलाले सञ्चारकर्मीहरूलाई टार्न खोजेको देखियो। उनले फोन उठाएनन्, र प्रत्यक्ष रूपमा कार्यालयमा पुग्दा बाइट दिन अस्वीकार गर्दै कुर्सी छोडेर हिँडेका थिए। जब उनीसँग, "तपाईं आएको समयदेखि कति ऋण असुली भयो?" भनी सोधियो, उनले स्पष्ट जवाफ दिनुको सट्टा, "यो सब किन चाहियो?" भन्दै मोबाइल चलाउँदै टालटुल गरेका थिए। सूत्रहरूका अनुसार, हाकिम निरौलाले आफ्ना मातहतका कर्मचारीहरूलाई व्यक्तिगत स्वार्थअनुसार परिचालन गरिरहेको आशंका गरिएको छ। बैंकभित्र भइरहेको अनियमितताका कारण किसानहरूले ऋण चुक्ता गर्न थप कठिनाइ भोग्नुपरेको छ। बैंकका कर्मचारीहरूसमेत निरौलाको कार्यशैलीबाट आजित भएको स्रोतले जनाएको छ। स्थानीय किसानहरूका अनुसार, बैंकले जग्गाको मूल्यांकन जानाजानी कम गरी उनीहरूलाई अनावश्यक दबाब दिइरहेको छ। "हामी उचित मूल्यांकनको माग गर्दै आएका छौँ, तर बैंकले हाम्रो समस्या समाधान गर्नुको सट्टा झन् अप्ठ्यारो पार्दैछ," एक किसानले बताए। यस विषयमा सम्बन्धित निकायहरूले आवश्यक अनुसन्धान गरी बैंकमा भइरहेको सम्भावित अनियमिततालाई रोक्न पहल गर्नुपर्ने माग किसानहरूले गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...