संवाद फाउन्डेशन कपिलवस्तुको आयोजनामा जनचेतनामूलक तालिम सम्पन्न

  • माघ १३, २०८१
  • ८४३ पटक पढिएको
  • कृष्ण आग्रहरी
alt

प्रदेश टाइम्स सम्बाददाता / कपिलवस्तु । संवाद फाउन्डेशनद्वारा आयोजित "सशक्त किशोर-किशोरीको आधार, बलियो समाजको निर्माण " मूल नाराको साथ किशोर किशोरीहरूलाई जनचेतनामूलक तालिम कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाको सभाहालमा सम्पन्न भएको छ। किशोर किशोरीहरूलाई जनचेतनामूलक तालिममा जागरुक गराउने लक्ष्य राखी उनीहरूको जीवनसँग सम्बन्धित विविध पक्षमा सचेत बनाउने, सशक्तिकरण गर्ने, र सही निर्णय लिन सक्षम बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो। received_1292254261994289 यस किशोर किशोरीहरूलाई जनचेतनामूलक तालिममा निम्न विषयहरूमा विशेष छलफलमा केन्द्रित रही यो तालीम प्रदान गरिएको हो। जसमा बुँदागत यस प्रकारको रहेको छ। स्वास्थ्य र स्वच्छता: किशोर किशोरीलाई व्यक्तिगत स्वास्थ्य, स्वच्छता, यौनिक स्वास्थ्य, र पोषणको महत्वबारे जानकारी गरियो। शिक्षा र करियर विकास: शिक्षाको महत्व, सीप विकास, र भविष्यको करियर निर्माणमा मार्गदर्शन प्रदान गरी उनीहरूको मनोसामाजिक विकास: आत्मविश्वास वृद्धि, सकारात्मक सोच, र तनाव व्यवस्थापनका सीपहरू सिकाइएको छ। लैंगिक समानता र अधिकारहरू: लैंगिक समानता, महिला सशक्तिकरण, र व्यक्तिगत अधिकारबारे जनचेतना फैलाउने। सामाजिक मुद्दा: बालविवाह, मानव तस्करी, ड्रग्स दुरुपयोगजस्ता समस्याहरूको प्रभाव र यसबाट बच्नका उपायहरूबारे जानकारी गरियो। डिजिटल साक्षरता: सामाजिक सञ्जालको सही प्रयोग, साइबर सुरक्षाको महत्त्व र मोबाइलको दुरुपयोग रोक्नका उपायहरुको बारेमा गरियोको हो। यस तालिमले किशोर किशोरीहरूलाई आफ्नो जीवनको चुनौतीहरूलाई पहिचान गर्न, तिनीहरूलाई समाधान गर्न, र सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गरियो को थियो । सहभागीहरूले किशोर किशोरीहरूको उत्तरदायित्वको बारेमा लेखेर आफ्नो कुराहरू व्यक्त गरेका थिए। उक्त कार्यक्रमको अध्यक्षता संवाद फाउन्डेशन कपिलवस्तुका जिल्लाका कार्यसमितिका संयोजक कृष्ण अग्रहरी, कार्यक्रमको प्रमुख अतिथि फलहरी बाबा बहुमुखी क्याम्पसका विद्यार्थी सङ्घ का अध्यक्ष अभिषेक यादव, संबाद फाउन्डेसन कपिलवस्तुका सदस्य दुर्गावती कोरी र त्रिपुरारी चौहान कार्यक्रमको प्रमुख प्रशिक्षक बिन्देशरी यादव( विशाल) र उपसंयोजक करिश्मा गुप्ता र सरिता धोबीले प्रशिक्षण गर्नुभएको थियो। उक्त कार्यक्रम काजल हलवाईको सञ्चालनमा सम्पन्न भएको थियो। र यस कार्यक्रममा ६० जना किशोर किशोरीहरूले सहभागी भई सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...