सिरहामा एचपीभी खोप अभियान २०८१ संचारकर्मी अभिमुखीकरण सम्पन्न

  • माघ १८, २०८१
  • ७९२ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा, माघ १८ – मधेश प्रदेशअन्तर्गत सिरहा जिल्लामा एचपीभी (ह्युमन पापिलोमाभाइरस) खोप अभियान २०८१ को संचारकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय, सिरहाको आयोजनामा भएको उक्त कार्यक्रममा संचारकर्मीहरूलाई एचपीभी खोप, खोप सत्र व्यवस्थापन, टोलीको जिम्मेवारी, तथा खोपपछिको प्रतिकूल घटनाको निगरानी तथा व्यवस्थापनबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय स्वास्थ्यकर्मी, तथा बरिस्ठ पत्रकार देब कुमार यादव सहित संचारकर्मीहरूको सहभागिता रहेको थियो। एचपीभी संक्रमण यौन सम्पर्कबाट सर्ने एक प्रमुख रोग हो, जसले पाठेघरको मुखको क्यान्सरको खतरा बढाउने भएकाले किशोरीहरूलाई यस खोपको आवश्यकता रहेको सिरहा जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णदेब यादवले बताएका छन्। साथै उहाँले सन २०३० सम्म ह्युमन पापिलोमा भाइरस न्यूनीकरण गर्ने लक्ष्य रहेको समेत जानकारी गराए । यस अभिमुखीकरण कार्यक्रमले संचारकर्मीहरूलाई एचपीभी खोपसम्बन्धी सही जानकारी प्रदान गरी समुदायमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...