लहानमा सुनचाँदी पसल लुट्ने योजना बनाउँदै गरेका तीन जना पक्राउ

  • माघ २३, २०८१
  • ३०० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा जिल्लाको लहान नगरपालिका-७ स्थित विकास ट्रेडर्स (सुनचाँदी व्यवसायी) मा डाँका गर्ने योजनासहित रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिरहा सुखीपुर नगरपालिका-८ का ४५ वर्षीय इन्द्र नारायण चौधरी, लहान नगरपालिका-२२ का ३१ वर्षीय देव कुमार मुखिया, र भारत पश्चिम बंगाल हुगली जिल्ला भगवतीपुर-७ का मेहराज मोन्डल रहेका छन्। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र कुमार पासवानको नेतृत्वमा विशेष प्रहरी टोली परिचालित भई माघ २२ गते लहान नगरपालिका-७ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। सोही अभियोगमा लहान नगरपालिका-४ का ४१ वर्षीय दिनेश विश्वकर्मालाई माघ २३ गते पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सम्मानित सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...