तराई मधेशको जनतालाई आत्मनिर्भर हुनको लागि कृषि क्रान्तिको आवश्यकता (सम्पादकिय)

  • मंसिर २२, २०७६
  • २२९ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷मसिंर २२ ,(सम्पादकिय) देशमा तिन तहको सरकार छ । तिनै तहको सरकारले आ–आफ्नो तहलाई समृद्ध सक्षम र सम्पन्न बनाउने निति लिए तापनि उनिहरु समृद्धिको बाटोमा नरहेको देखिन्छ ।समाज, जनता र तहलाई समृद्ध बनाउनुको सटटा आफु कसरी समृद्ध हुने कसकमा रहेको देखिन्छ । गाउँदेखि सहर बजार सम्म बस्तु भाउ बढदै गएको छ । तर पनि स्थानिय स्तरको बस्तुको उत्पादन बढाउनुको साटो अयात गरि खाने आनन्दमा जुटेको देखिन्छ । यहाँ सिरहाको स्थानिय तहहरु मध्ये बिष्णुपुर गाउँपालिकालाई मात्रै केलायो भने सयमा एक प्रतिशत कम मात्र मानिसहरु कृषिमा अधारित छन । तर आफ्नो उत्पादन आफै फस्टाएर उपभोग गर्न सकेको छैन ।कारण यस प्रति यहाँको स्थानिय सरकारको चासो नै छैन । किसानै किसानको जम्घट र उर्वर,उब्जाउ भुमि भएको स्थानिय तहहरुमा अन्तैको चामल,दाल, दुध,मासु जन्य पदार्थ र तरकारी खानु परेको छ ।यहाँ कृषिमा आधुनिकिकरण मौलाएको नै देखिन्छ ।उत्पादन गर्नको लागि उब्जाउ जग्गा र उत्पादन उब्जाउने किसान हुदाहुदै पनि स्रोत, साधन,सामग्रि,सिचाईको ब्यबस्था छैन । कर तिर्नलाई किसान तर किसानले तिरेको कर को उत्पादकत्व र उत्पादन व्यवस्थापनमा लागु नै नगरेपछि कृषि आधुनिकिकरणमा ठेस पुगेको देखिन्छ । स्थानिय तह लगायत प्रदेश २ का साथ साथ तराई मधेशलाई समृद्ध बनाउनु खोज्नु भनेको यस भित्र पर्ने सम्पुर्ण खेतियोग्य जग्गाहरुमा सिचाई र किसानहरुलाई समयमा बिउ, विजन,मल खाधको व्यबस्था गर्नु जरुरी रहेको आबश्यक देखिन्छ । भनाईको अर्थ कृषिमा आधुनिकरण ल्याउनको लागि कृषि क्रान्तिको आवश्यकता छ । त्यसपश्चात यहाँका समाज र जनता आफ्नै जग्गामा फलाएका साग सब्जी तरकारी र उत्पादन गरेका खाध सामग्रिहरु सरल तरिकाले सस्तोमा उपभोग गर्न सकिन्छ र आत्मनिर्भ हुन सकिन्छ ।

हामी हरेक किसानको घरमा केहि न केहि मत्रामा जग्गा र गाई,भैसि बाख्रा रहेका छन । तर दुध पश्चिम बाटने अयात, चामल दाल अन्य मुलुक बाटै माछा मासु अन्तै बाट उपभोग गरेको देखिन्छ ।त्यसलाई आधुनिकिकरण गर्न सकेका छैनौ । यहाँको सरकारले यहाँको किसानमा प्रचुर मात्रामा लगानि गरि उत्पादकत्व वृद्धिमा जोड दिनु पर्ने देखिन्छ ।समय समयमा राम्रो तरिकाले फसल गर्ने किसानहरुलाई मनोवल बढाउनको लागि पुरस्कारको साथै थप सुबिधाहरुको व्यबस्था गर्नु पर्ने देखिन्छ । तर यहाँको स्थानिय सरकारहरुले त्यसको साटो मेला,नाच जग र सर्कसमा बढि खर्चिएको देखिन्छ ।तर सरकारको चासो नै छैन कि जनता कृषि आधुनिकिकरण,बिज्ञान र प्रबिधिको युगमा पनि परनिर्भर छन ।

 

 

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...