गरिब बालिका अस्पतालमै बन्धकी: मुखियापट्टि गाउँपालिका अध्यक्षकै शेयर रहेको स्थानीयले आशंका गरिएको रमा अस्पतालको अमानवीयता

  • फागुन ३, २०८१
  • २७१ पटक पढिएको
  • नरेश कुमार यादव
alt

 जनकपुरधामको मुजेकियास्थित रमा अस्पताल, जुन मुखियापट्टि गाउँपालिकाका अध्यक्ष जयकुमार यादवको लगानी समेतमा सञ्चालित रहेको स्थानीयले आशंका गरिएको छ । स्थानीय केहिले  अध्यक्षको पनि लगानीमा अस्पताल संचालन भनिएपनि एक जनप्रतिनिधिले नै सो कुरो अपुस्ट रहेको दाबि गरेका छन । तर अस्पतालको संचालक र यसमा लगानी भएपनि स्थानीयका अनुसार स्थानीय जनप्रतिनिधि र प्रमुखकै सल्लाहमा बिरामीलाई महगो  सो रामा अस्पतालमा पुर्याइएको थियो । स्थानीयले बताए । आर्थिक अवस्था कमजोर भएकी एक बालिका उपचार खर्च तिर्न नसकेपछि अस्पतालमै डेढ महिना बन्धकी बस्न बाध्य भएकी छन्। घटना मुखियापट्टि गाउँपालिका वडा नम्बर १ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा पुस २३ गते भएको हो। विद्यालय प्रशासनले कक्षा समयमा सरस्वती पूजा सम्बन्धी स्टाफ मिटिङ गरिरहेको बेला कक्षा ८ मा अध्ययनरत काजल सहनी छतबाट खस्दा गम्भीर रूपमा घाइते भइन्। उनको ढाडमा गम्भीर चोट लागेपछि उनलाई तत्कालै उपचार आवश्यक थियो। तर विद्यालय प्रशासन र स्थानीय जनप्रतिनिधिहरूले सस्तो तथा गुणस्तरीय सेवा प्रदान गर्ने सरकारी अस्पताल लैजानुको सट्टा अध्यक्ष यादवकै सल्लाहमा  रमा अस्पतालमा पुर्‍याए। आर्थिक रूपमा अत्यन्त कमजोर परिवारकी काजलको उपचारका क्रममा अस्पतालले भारी शुल्क तोक्यो, जुन पीडित परिवार तिर्न सक्ने अवस्थामा थिएन। रकम नतिरेसम्म बिरामी डिस्चार्ज नगर्ने भन्दै अस्पताल प्रशासनले बालिकालाई अस्पतालमै रोक्यो, जसका कारण उनी झण्डै डेढ महिना बन्धकी बस्न बाध्य भइन्। विद्यालय प्रशासन, स्थानीय जनप्रतिनिधि र अस्पताल सबैको गैरजिम्मेवारी स्पष्ट देखिएको यो घटनाले गम्भीर प्रश्न खडा गरेको छ। विद्यालयले कक्षा समयमा स्टाफ मिटिङ गर्नु गैरजिम्मेवारीको पराकाष्ठा थियो, जसका कारण विद्यार्थीको सुरक्षामा खतरा उत्पन्न भयो। त्यस्तै, गाउँपालिका अध्यक्ष जयकुमार यादवकै लगानीमा सञ्चालित अस्पतालमा आर्थिक रूपमा कमजोर बिरामीलाई महंगो शुल्क तिर्न बाध्य पार्नु अमानवीयता थियो। अस्पताल प्रशासनले विपन्न बिरामीलाई उपचार खर्च उठाउन बन्धकी राखेर मानव अधिकारको गम्भीर उल्लंघन गरेको छ। अन्ततः घटनाले गाउँपालिकाभर व्यापक चर्चा पाएपछि विद्यालयका प्रधानाध्यापक र गाउँपालिका अध्यक्ष यादवले गल्ती स्वीकार गरे। तर, प्रश्न उठ्छ— दोषी को हो? विद्यालय प्रशासन, अस्पताल कि स्वयं गाउँपालिका अध्यक्ष? गरिब नागरिकको सेवा गर्नुको सट्टा स्वास्थ्य क्षेत्रमा व्यक्तिगत फाइदा लिने प्रवृत्ति कत्तिको न्यायसंगत हो? अब यस घटनामा कारवाही कसले गर्ने? सरकार र सम्बन्धित निकायले यस घटनालाई गम्भीर रूपमा लिएर विद्यालय प्रशासन सुधार गर्ने, स्वास्थ्य सेवामा अनैतिक व्यापार रोक्ने र गरिब नागरिकको पक्षमा न्याय दिने पहल गर्न आवश्यक देखिन्छ। अन्यथा, यस्ता घटनाले गरिब नागरिकलाई अझै शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित गर्नेछन्।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...