होस्पिटलमा बन्धकी रहेकी बिरामी बालिकाको स्थानीय मुखियापट्टिका जनप्रतिनिधिद्वारा उद्धार

  • फागुन ४, २०८१
  • २४७ पटक पढिएको
  • नरेश कुमार यादव
alt

 जनकपुरधाम, फाल्गुन — आर्थिक अभावका कारण झण्डै डेढ महिना अस्पतालमै बन्धकी बस्न बाध्य भएकी १४ वर्षीय काजल सहनीको अन्ततः स्थानीय जनप्रतिनिधिहरूले उद्धार गरेका छन्। मुखियापट्टि गाउँपालिका वडा नम्बर १ स्थित राष्ट्रिय आधारभूत विद्यालयकी छात्रा काजल सहनी विद्यालय भवनबाट खस्दा गम्भीर घाइते भएकी थिइन्। तर, उनको परिवार अत्यन्तै विपन्न भएकाले उपचार खर्च तिर्न नसक्दा अस्पतालले उनलाई डिस्चार्ज गर्न अस्वीकार गरेको थियो। घटना पुस २३ गते विद्यालय समयमा भएको थियो, जब विद्यालय प्रशासनले सरस्वती पूजा सम्बन्धी स्टाफ मिटिङ गरिरहेका बेला कक्षा ८ मा अध्ययनरत काजल सहनी विद्यालय भवनको छतबाट खसेर गम्भीर घाइते भइन्। उनलाई तत्कालै उपचार आवश्यक थियो, तर विद्यालय प्रशासन र स्थानीय जनप्रतिनिधिहरूले सरकारी अस्पताल लैजानुको सट्टा मुखियापट्टि गाउँपालिका अध्यक्ष जयकुमार यादव समेतको सल्लाहमा जनकपुर स्थित प्राइभेट रमा अस्पताल पुर्‍याए। अस्पताल प्रशासनले बालिकाको उपचारका लागि महँगो शुल्क तोक्यो, जुन आर्थिक रूपमा कमजोर उनको परिवारले तिर्न सकेन। रकम नतिरेसम्म बिरामीलाई डिस्चार्ज नगर्ने अडानमा रहेको अस्पताल प्रशासनका कारण काजल झण्डै डेढ महिना अस्पतालमै थुनिएर बस्न बाध्य भइन्। प्रदेश टाइम्समा समाचार सार्वजनिक भएपछि स्थानीयस्तरमा व्यापक आक्रोश फैलियो। गाउँपालिका अध्यक्ष यादवको चिरपरिचित  अस्पतालमा गरिब बिरामीमाथि यस्तो अमानवीय व्यवहार भएको भन्दै सर्वसाधारणले विरोध जनाए। जनदबाब बढ्दै गएपछि स्थानीय जनप्रतिनिधिहरू काजलको उद्धारका लागि सक्रिय भए। केही सामाजिक अभियन्ता, पत्रकार र स्थानीय जनप्रतिनिधिहरूको पहलमा अन्ततः फागुन ३ गते काजल सहनीलाई अस्पतालबाट मुक्त गराइयो। उद्धारका क्रममा अस्पताल प्रशासनले लामो बहसपछि बालिकालाई डिस्चार्ज गर्न सहमति जनाएको थियो। यस घटनाले स्थानीय विद्यालय प्रशासन, गाउँपालिका तथा निजी स्वास्थ्य संस्थाहरूको गैरजिम्मेवारीलाई उजागर गरेको छ। विद्यालय प्रशासनले कक्षा समयमा विद्यार्थीको सुरक्षामा ध्यान नदिएको स्पष्ट छ, जसका कारण यो दुर्घटना हुन पुग्यो। त्यस्तै, विपन्न बिरामीलाई बन्धकी राखेर अनैतिक व्यापार गर्नु स्वास्थ्य सेवा क्षेत्रकै गम्भीर समस्या भएको देखिएको छ। काजलको उद्धारपछि विद्यालय प्रशासनले आफ्नो गल्ती स्वीकार्दै विद्यार्थी सुरक्षाका उपायहरू कडा बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। गाउँपालिका अध्यक्ष जयकुमार यादवले पनि घटना गम्भीर रहेको भन्दै भविष्यमा यस्ता घटना नदोहोरिने आश्वासन दिए। तर, आम नागरिकहरूले मात्र आश्वासन होइन, जिम्मेवार निकायबाट ठोस कारबाही र सुधारको माग गरेका छन्। अब प्रश्न उठ्छ— काजलको स्वास्थ्य अवस्थाको क्षतिपूर्ति कसले दिने? निजी अस्पतालमा गरिब नागरिकमाथि भएको यो अमानवीय व्यवहारको जिम्मेवारी कसले लिने? सरकार र सम्बन्धित निकायले स्वास्थ्य क्षेत्रमा भइरहेको अनैतिक व्यापार रोक्न ठोस कदम चाल्ने कि फेरि अर्को गरिब बालिका बन्धकी बस्न बाध्य हुने? यस्ता प्रश्नहरूको जवाफ दिन राज्य संयन्त्र अझै मौन देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...