नेपाल शिक्षक महासंघ धनुषाको बैठक सम्पन्न, शिक्षक हकहित र व्यवस्थापन सुधारका महत्वपूर्ण निर्णयहरू पारित

  • फागुन ४, २०८१
  • ४५७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 धनुषा, फागुन ३ – नेपाल शिक्षक महासंघ धनुषा जिल्ला समितिको बैठक शनिबार धनुषास्थित नेपाल शिक्षक संघ सभाहलमा सम्पन्न भएको छ। महासंघका जिल्ला अध्यक्ष श्री सुरेश कुमार यादवको अध्यक्षतामा बसेको बैठकमा पदाधिकारीहरू सहित सरोकारवालाहरूको सहभागिता रहेको थियो। बैठकमा शिक्षकहरूको पेशागत हित, विद्यालय व्यवस्थापन तथा शिक्षाक्षेत्रको सुधारका विविध विषयमा महत्वपूर्ण छलफल गरी सर्वसम्मत निर्णयहरू पारित गरिएको छ। बैठकले महासंघको जिल्ला सचिवालय गठन गर्दै अध्यक्षमा श्री सुरेश कुमार यादव, सह-अध्यक्षमा श्री प्रमोद शरण केवट, महिला उपाध्यक्षमा श्रीमती गीता यादव, महिला सह-सचिवमा श्रीमती भवानी कुमारी साह, अर्थ सह-सचिवमा श्री रामानन्द यादव लगायत अन्य पदाधिकारीहरूको मनोनयन गरेको छ। शिक्षकहरूको मासिक तलब निकासा सहज बनाउनका लागि धनुषा जिल्लाका सबै स्थानीय तहमा पहल गर्ने निर्णय गरिएको छ। बैठकले शिक्षाक्षेत्रमा देखिएका प्रशासनिक जटिलता समाधान गर्दै शिक्षकहरूको आर्थिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले मासिक रूपमा तलब निकासा गराउने व्यवस्था लागू गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ। त्यस्तै, विद्यालय परीक्षाहरूलाई व्यवस्थित बनाउने उद्देश्यले अबदेखि त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक परीक्षाहरू निर्धारित समयमै सञ्चालन गर्न सरोकारवालाहरूसँग समन्वय गर्ने निर्णय पारित गरिएको छ। यो निर्णयले शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवस्थित बनाउन मद्दत गर्ने महासंघको विश्वास छ। बैठकमा शिक्षक तथा विद्यालय प्रशासनले सामना गरिरहेका विभिन्न चुनौतीहरूको समाधान गर्न महासंघले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। शिक्षकहरूका व्यक्तिगत वा सामूहिक समस्याहरू महासंघ समक्ष पेस गर्न आग्रह गर्दै, संघीय सरकार, शिक्षा मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी समस्या समाधान गरिने निर्णय गरिएको छ। साथै, महासंघले काठमाडौँमा आयोजना हुने पूर्ण घोषणा सभामा धनुषाबाट सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ। शिक्षक हकहित र शिक्षा प्रणाली सुधारका लागि महत्त्वपूर्ण मानिएको उक्त सभामा धनुषाका शिक्षक प्रतिनिधिहरूले सहभागी भएर आफ्नो ऐक्यबद्धता जनाउने निर्णय गरिएको छ। यसैगरी, बैठकले SEE परीक्षा केन्द्रहरूको व्यवस्थापन सुधार तथा शिक्षकहरूको कार्यसम्पादन मूल्यांकन फारमलाई अनलाइन प्रणालीमार्फत सञ्चालन गर्न पहल गर्ने निर्णय गरेको छ। यसले शिक्षकहरूको मूल्यांकन प्रक्रिया पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। बैठकमा सहभागीहरूले पारित निर्णयहरू शिक्षक समुदायको हकहित संरक्षण, शिक्षाक्षेत्र सुधार तथा विद्यालय व्यवस्थापनलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। महासंघले शिक्षक अधिकार र शिक्षाक्षेत्र सुधारका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...