सिन्धुलीको खाल्टेमा अस्वस्थ खानाको विक्रि, यात्रुको गुनासो

  • फागुन ५, २०८१
  • ८१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिन्धुलीको खाल्टेस्थित स्टाफ होटल एन्ड भोजनालयमा अस्वस्थ खाना परोसीएको भन्दै यात्रुहरूले गुनासो गरेका छन्। सोमबार काठमाडौंबाट जनकपुर जाँदै गरेको एक हायस गाडीका यात्रुहरू खाना खान सो होटलमा रोकिएका थिए। साधारण खाना खाइरहेका यात्रुहरूले खानामा कालो किरा भेटेपछि सेवा ग्राहीहरूले आक्रोश व्यक्त गर्दै होटेल सञ्चालकलाई गुनासो गरेका थिए। यसरी जंगलको बीच बाटोमा गाडी रोकेर अस्वस्थ खाना खुवाउने प्रवृत्ति रोक्नुपर्ने यात्रुहरूको माग छ। होटल व्यवसायीहरूले सस्तो र अस्वस्थ खाना परोस्दा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले सम्बन्धित निकायले तत्काल निगरानी गर्दै कारबाही गर्नुपर्ने यात्रुहरूले बताएका छन्। चर्को गुनासोपछि होटल सञ्चालकले सरसफाइमा सुधार गर्ने प्रतिबद्धता जनाए पनि, सम्बन्धित निकायहरूले यस विषयमा गम्भीर चासो राख्नुपर्ने आवश्यक छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...