सोनमा गाउँपालिकामा दुई मन्दिरको शिलान्यास, पिच सडक निर्माणको घोषणा

  • फागुन १०, २०८१
  • ७३७ पटक पढिएको
  • नरेश कुमार यादव
alt

प्रदेश टाइम्स सम्बाददाता / धनुषा । सोनमा गाउँपालिकाका मेयर बिशेश्वर यादवले आज दुईवटा विकास निर्माण कार्यको शिलान्यास गर्नुभयो।IMG-20250222-WA0000 वडा नं. ४ खेश्राहामा २० लाख रुपैयाँको लागतमा निर्माण हुने महारानी देवी मन्दिरको शिलान्यास उहाँले गाउँका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा गर्नुभयो। त्यसैगरी, वडा नं. २ सोनमामा १५ लाख रुपैयाँको लागतमा निर्माण हुने खाखीबाबा मन्दिरको पनि शिलान्यास गरियो। साथै, मेयर यादवले जनताको विकास आवश्यकता महसुस गर्दै रघुनाथपुर पुलदेखि सोनमा बजारसम्म पिच सडक निर्माण चैत महिनाको पहिलो हप्तादेखि सुरू गरिने घोषणा गर्नुभयो। उक्त योजना विश्व बैंक, ग्लोबल आईएमई बैंक र गाउँपालिकाका पदाधिकारीहरूबीच भएको समझौतापछि अघि बढ्न लागेको हो। यस महत्त्वपूर्ण परियोजनाका लागि गाउँपालिकाका अध्यक्षको पहल सराहनीय मानिएको छ। ,

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...