मधानी महोत्सव २०८१: अन्तर्राष्ट्रिय प्रवर्द्धनको संकल्पसहित पतौरामा भव्य तयारी

  • फागुन १०, २०८१
  • ३२७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 पतौरा, रौतहट – मौलापुर नगरपालिकाको आयोजनामा मधानी महोत्सव २०८१ भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ। भगवान शिव–पार्वतीको विवाहोत्सवको रूपमा मनाइने यस महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै पतौरा स्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्य लिइएको छ। नगर कार्यपालिकाको कार्यालय, मौलापुरले जारी गरेको निमन्त्रणापत्र अनुसार, फाल्गुण ११ गतेदेखि १५ गतेसम्म विभिन्न धार्मिक, सांस्कृतिक र खेलकुद कार्यक्रमहरू आयोजना गरिनेछ। कार्यक्रम विवरण फाल्गुण ११: मधानी महोत्सवको भव्य समुद्घाटन फाल्गुण १२: भगवान शिवको बरात यात्रा फाल्गुण १३: मधानी विशेष पूजा फाल्गुण १४: मधानी सांस्कृतिक कार्यक्रम फाल्गुण १५: मधानी विशेष दंगल नगर प्रमुख रिनाकुमारी साह, उप प्रमुख नागेन्द्र प्रसाद यादव, तथा प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहको विशेष पहलमा महोत्सवलाई भव्य बनाइनेछ। आयोजक समितिका अनुसार, स्थानीय तथा अन्तर्राष्ट्रिय श्रद्धालु, संस्कृति प्रेमी, पत्रकार एवं विभिन्न क्षेत्रका गणमान्य व्यक्तिहरूलाई कार्यक्रममा उपस्थित हुन हार्दिक निमन्त्रणा गरिएको छ। मधानी महोत्सव धार्मिक पर्यटन प्रवर्द्धनमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...