स्थानिय सरकारको कार्यक्रमहरुमा खुवाउने नस्ता समोसा, लिटि र मिठाई अन्तै मुलुकको मैदा र पाउडर दुधबाट
सघिंय संरचनामा देश त्यसमा पनि प्रदेश २ मधेश स्थानिय सरकारहरु साना साना कार्यक्रमहरुको माध्यम बाट ठुला ठुला बजेट खाजा नस्तामा खर्चिने अबस्थामा देखिन्छ ।तर त्यो खाजा नस्ता बनाउने पदार्थहरु कुन कता बाट अयात छन ध्यान छैन ।ति बजेट त्यहीको स्थानिय किसानहरुमा लगानि गरयो भने आफ्नै उत्पादन बाट लिटि समोसा र मिठाई खान पाईन्थ्यो होला ध्यान छैन । भुलभुलैयामा स्थानिय सरकार अनि समृद्ध बनाउने सपना सम्भब छ त ? सरकार ।
आफ्ना बजेट आफ्नै अधिकारको लागि चलाउने तिन बर्ष बित्न लागेको छ ।केहि प्रगति भाको छ ? आफु राजा मानिने सरकारहरु किसानलाई राजा मानिने परम्पराको बिकास गरौ ।पर निर्भरता हटाऔं ।आत्म निर्भर बनौ ।यसको लागि पन्चानबे प्रतिशत कृृषिमा अधारित जनतामा त्यसता अनावश्यक खर्चिने बजेटहरु लगाउने परम्पराको थालनि गरौं ।
जब सम्म यहाँका किसान समृद्ध हुदैन तब सम्म समृद्ध मधेस र सम्पन मधेसि,समृृद्ध नेपाल र सम्पन नेपालिको कल्पना नगर्दा हुन्छ,सरकार ।कर तिर्ने किसान हो,बेलुका र बिहानको दुई छाक दिने किसान हो तर किसान नै संकटमा छन ।झुप्रोमा बसेर काँधमा हलो र कोदाली लिएर कर तिर्ने र छाक पुगाई दिने किसानको महत्व नबुझि चियापान र नस्तामा समय खेर नफालौ सरकार । आफना लभिको ठाउँहरुमा दौडधुप गरेर म सडकमा यो बजेट त बिजुलिको पोलमा त्यो बजेट ल्याईदिन्छु भनेर नस्ता खान र कार्यकर्ताृ पाल्न दौडधुप नगर सरकार किसान परालको ओछयानमा छटपटिएको छ सरकार ।
सुन्दै छु सिहंदरबार गाउँ गाउँमा आईसक्यो पछाडि पछाडि सिहं आउँदा भयभित छन किसान ।तिन तहको सरकार हुदा कुन सिहं कुन तहको अवगत होस सरकार । वनको सिहं पनि गाउँमै, अर्थ र योजनाको सिहं पनि गाउँमै गाउँकै सिहंहरु योछयान मिलाउनमा व्यसत किसान पिरोलिएको छ सरकार । आ–आफ्नो तह र तप्का बाटै किसानलाई मध्य नजर गर्दै निति निर्देशन को व्यबस्था हुदा नेताहरु रमाउने भाषन कार्यमा किसान अल्झाउने कामहरु अव्यबस्थित हो सरकार । तिरेको करको पनि उपभोग गर्न नपाउने किसानहरुलाई दिनचर्याको लागि कामको प्रर्वन्ध होस सरकार ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved