लागू औषधविरुद्ध बृहत जनचेतनामूलक र्‍याली सम्पन्न

  • फागुन १०, २०८१
  • १०२५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कपिलवस्तु – नेपाल प्रहरीले "हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी" भन्ने नाराका साथ प्रहरी-स्थानीय तह साझेदारीमा वृहत सुरक्षा सचेतना अभियान सुरू गरेको छ। अभियानको पहिलो दिन लागू औषधविरुद्ध बृहत जनचेतनामूलक र्‍याली निकालिएको छ। कृष्णनगर नगरपालिकाको समन्वयमा निकालिएको र्‍यालीमा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत खेमराज देवकोटा, ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्री, कृष्णनगर नगरपालिका स्वरोजगार शाखा प्रमुख इश्वरी पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधिहरू, होटल व्यवसायी , विभिन्न संघसंस्था तथा महेन्द्र माविका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। र्याली नगर परिक्रमा गर्दै लागू औषधको दुव्र्यसन समाजका लागि घातक रहेको सन्देश प्रवाह गरिएको थियो। सहभागीहरूले प्लेकार्ड र ब्यानरसहित "लागू औषध दुर्व्यसनको अन्त्य गरौं", "स्वस्थ जीवन, हाम्रो पहिचान" जस्ता नारा लगाएका थिए। कार्यक्रमका वक्ताहरूले लागू औषधको बढ्दो प्रयोगले युवा पुस्तालाई असर पारिरहेको उल्लेख गर्दै यसलाई रोक्न सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए। प्रहरी निरीक्षक सुरज खत्रीले समुदायको साथ र सहयोग बिना लागू औषधविरुद्धको अभियान सफल नहुने बताउँदै सचेतनाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत खेमराज देवकोटाले नगरस्तरमा लागू औषध नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्न आवश्यक नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए। र्‍यालीले नगरवासीमा लागू औषधको दुष्प्रभावबारे जानकारी दिने तथा यसको रोकथामका लागि सामुदायिक जागरण बढाउने विश्वास गरिएको छ। रैली कृष्णनगर नगरपालिका बाट सुरु भइ गोलघर, बसपार्क हुदै लिंकगेटमा समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...