करिब १५ किलो अवैध लागू औषध चरेश सहित कृष्णनगर बाट तीन जना पक्राउ

  • फागुन ११, २०८१
  • ४५३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कपिलवस्तु, फाल्गुन ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट बाट लगभग पन्द्रा किलो चरेश जस्तो देखिने वस्तु सहित एक पुरूष र दुइ जना महिला पक्राउ परेका छन्। यात्रुगेट हुदै भारत जान लागेका व्यक्ति हरू कृष्णनगर प्रहरीले चेकजांच गर्दा पक्राउ परेका छन्। फाल्गुन १० गते दिउसो २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी बिशेष टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ यात्रुगेट स्थित बाट पक्राउ परेका छन्। शंकाष्पद रुपमा नेपालबाट भारत तर्फ जादै गरेका जिल्ला रोल्पा साविक उवा गा.वि.स. वडा नं.०४ हाल थवाङ गा.पा. वडा नं. ०५ बस्ने वर्ष अन्दाजी ४८ की प्रेम सरी रोका, जिल्ला रुकुम पुर्व भुमे गा.पा. वडा नं.०२ बस्ने बर्ष अन्दाजी २६ कि सरिता पुन मगर र जिल्ला रोल्पा उवा गा.वि.स. वडा नं.०६ जन्म स्थान भई हाल जिल्ला कपिलवस्तु साविक शिबगढी गा.वि.स. वडा नं.०४ हाल शिवराज न.पा. वडा नं.०९ बानियाभार बस्ने बर्ष अन्दाजी ६६ को सुक लाल घर्ती मगर लागु औषध चरेश सहित पक्राउ परेका छन्। निजहरू लाई रोकी चेकजाँच गर्दा निजहरुले सेतो प्लाष्टिकमा पोको पारी सेतो कार्टुन टेपले बेरी पोका पोका बनाई बाहिरबाट सेतो कोरा कपडाले छोपी धागोले सिलाई बेल्ट बनाई कम्बरमा बाँधी लुकाई छिपाई राखेको अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए। प्रेम सरी रोकाको साथबाट लागु औषध चरेस जस्तो देखिने चिजवस्तु शुद्ध तौल ०५ (पाँच) किलोग्राम ९६८ (नौ सय अर्सठ्ठी) ग्राम Infinix कम्पनीको मोबाईल थान १ (एक), सरिता पुन मगरको साथबाट लागु औषध (चरेस) जस्तो देखिने चिजवस्तुको शुद्ध तौल ०५ (पाँच) किलोग्राम ६७८ (छ सय अठहत्तर) ग्राम, POCO कम्पनीको मोबाईल थान १ (एक), सुक लाल घर्ती मगरको साथबाट लागु औषध चरेस जस्तो देखिने चिजवस्तुको शुद्ध तौल ०३ (तिन) किलोग्राम १२८ (एक सय अठ्ठाईस) ग्राम, itel कम्पनीको मोबाईल थान १ (एक) गरी तिनै जनाको साथबाट कुल जम्मा १४ (चौध) किलोग्राम, ७७४ (सात सय चौहत्तर) ग्राम लागु औषध चरेस जस्तो देखिने चिजवस्तु, मोबाईल फोन थान ३ (तिन) फेला पारी रित पुर्वक बरामद भएको छ। प्रेम सरी रोका, सरिता पुन मगर र सुक लाल घर्ती मगरलाई रित पुर्वक पक्राउ गरी सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट दश दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...