बहुमतको सरकार आजको आवश्यकता : पूर्व मन्त्री श्रेष्ठ

  • फागुन २८, २०८१
  • ६७१ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा, — जनताको विकास र समृद्धिका लागि बहुमतको सरकार आजको आवश्यकता रहेको पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले बताएका छन्। सिरहाको बिष्णुपुर गाउँपालिका अन्तर्गत वडा केन्द्रित पार्टी निर्माण अभियानको गाउँपालिका स्तरीय समन्वय बैठकलाई सम्बोधन गर्दै उनले जनताको विकास र समस्या समाधानका लागि स्थिर र बलियो सरकार अनिवार्य रहेको धारणा व्यक्त गरे। मन्त्री श्रेष्ठका अनुसार विकासलाई तीव्र गति दिन र नीति निर्माणलाई प्रभावकारी बनाउने उद्देश्यले सरकारले विभिन्न अध्यादेशहरू ल्याएको थियो। तर ती अध्यादेशहरू पास गराउन बहुमत आवश्यक रहेकाले त्यसलाई संसदीय प्रक्रियाबाट पारित गर्न सकिएन। उनले भने, "हामीले जनताको हितमा विभिन्न योजनाहरू अघि बढाउन चाह्यौं, तर संसदमा बहुमत नहुँदा ती योजनाहरू कार्यान्वयन गर्न कठिनाइ भयो।" श्रेष्ठले मधेशवादी दलका प्रमुख नेता उपेन्द्र यादवको आलोचना गर्दै भने कि यादवले आफ्ना स्वार्थ पूरा गर्न मन्त्री पद वा प्रधानमन्त्रीकै माग राखेका कारण आवश्यक विधेयकहरू पारित हुन सकेनन्। उनले थपे, "हाम्रो पार्टीले चुनावताका गरेका विकासका वाचा पूरा हुन सकेनन्, किनकि अध्यादेशहरू रोकिए।" पूर्व मन्त्री श्रेष्ठले विशेष रूपमा सुकुम्बासी समस्या समाधानको विषय उठाउँदै भने कि यदि सरकारको बहुमत हुन्थ्यो भने सुकुम्बासीहरूको हितका लागि आवश्यक नीति निर्माण सहज हुने थियो। उनले भने, "सुकुम्बासीहरूको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध थियो, तर बहुमत नहुँदा योजना रोकिए।" श्रेष्ठले बहुमतको सरकार गठनको आवश्यकता औंल्याउँदै देशभरका नागरिकलाई सचेत हुन आग्रह गरे। उनले भने, "यदि हामीले बलियो सरकार निर्माण गर्न सकेनौं भने विकासका योजना फेरि पनि अवरुद्ध हुनेछन्।" उनको भनाइ अनुसार, जबसम्म संसदमा कुनै एकल पार्टीको बलियो उपस्थिति हुँदैन, तबसम्म नीति निर्माणमा असहजता भइरहन्छ। उनले उदाहरण दिँदै भने कि सरकारका महत्त्वपूर्ण निर्णयहरू राजनीतिक स्वार्थका कारण संसदबाट पारित हुन नसकेको अवस्था पटक–पटक देखिएको छ। श्रेष्ठले विपक्षी दलहरूलाई पनि आक्रोश पोख्दै भने कि बहुमतको सरकार निर्माणमा अवरोध सिर्जना गर्नु भनेको देशको विकासलाई नै रोक्नु हो। उनले भने, "जनताले विकास चाहेका छन्, समस्या समाधान चाहेका छन्, तर केही नेताहरू सत्ता स्वार्थमा लिप्त भएर बाधा सिर्जना गरिरहेका छन्।" उनले आगामी निर्वाचनमा मतदाताहरूलाई बहुमतको सरकार बनाउन सचेत भएर निर्णय गर्न आग्रह गरे। उनका अनुसार, सत्ताको अस्थिरता अन्त्य नगरेसम्म नागरिकका आकांक्षाहरू पूरा गर्न सम्भव हुने छैन।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...