न्यायमा पहुँच सम्बन्धी सरोकारवाला निकायहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • चैत ४, २०८१
  • ६१५ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा, चैत्र ४ – न्याय प्रणालीलाई सर्वसुलभ, प्रभावकारी र आम नागरिकमुखी बनाउन सर्वोच्च अदालत तथा न्यायमा पहुँच आयोगको संयुक्त आयोजनामा सिरहा जिल्ला अदालतमा "न्यायमा पहुँच सम्बन्धी सरोकारवाला निकायहरूबीच अन्तरक्रिया कार्यक्रम" सम्पन्न भएको छ। उक्त कार्यक्रममा न्याय क्षेत्रमा संलग्न विभिन्न निकायका प्रतिनिधिहरू, कानूनी व्यवसायी, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थित रहेको थियो।IMG_20250317_140420 कार्यक्रमको उद्घाटन गर्दै सर्वोच्च अदालतका न्यायाधीशले न्यायमा पहुँचलाई सुनिश्चित गर्न सबै निकायबीच सहकार्य आवश्यक रहेको औंल्याए। उनले विशेषगरी आर्थिक, सामाजिक, भौगोलिक वा अन्य विविध कारणले न्यायबाट बञ्चित वर्गलाई न्याय दिलाउने सवालमा न्यायालय, प्रशासन, कानूनी व्यवसायी र नागरिक समाजबीच समन्वय आवश्यक रहेको बताए। न्यायमा पहुँच आयोगका प्रतिनिधिले आयोगको कार्यक्षेत्र, सेवा, उपलब्धि र आगामी योजनाबारे जानकारी गराउँदै ग्रामीण तथा विपन्न वर्गका नागरिकलाई कानूनी सहयोग पुर्याउन आयोग प्रतिबद्ध रहेको उल्लेख गरे। उनले न्याय प्रणालीलाई सुलभ बनाउन आवश्यक संरचनागत सुधार, कानूनी सचेतना कार्यक्रम र प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहभागी कानूनी व्यवसायी तथा मानव अधिकारकर्मीहरूले न्यायमा पहुँचका सन्दर्भमा व्यावहारिक चुनौतीहरूबारे आफ्ना धारणा राखेका थिए। उनीहरूले विशेष गरी दूरदराजका क्षेत्रका नागरिकहरू कानूनी प्रक्रिया तथा सेवा सम्बन्धी जानकारीबाट वञ्चित हुने गरेको उल्लेख गर्दै त्यसको समाधानका लागि स्थानीय तहसँग सहकार्य गर्दै निःशुल्क कानूनी परामर्श तथा सहायता उपलब्ध गराउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...