सिरहाका सिडिओ दहाल मन्त्रालय तानिए

  • चैत ८, २०८१
  • ६९७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा,८ चैत्र: सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव दाहाललाई गृह मन्त्रालयले तानेको छ। शुक्रबार बिहान गृह मन्त्रालयले उनलाई मन्त्रालयमा फिर्ता बोलाई नयाँ सिडिओ पठाएको हो। गृह स्रोतका अनुसार कपिलवस्तुका सिडिओ विश्वप्रकाश अर्याललाई सिराहा पठाइएको छ। सिरहा, औरही गाउँपालिका–५ का दीपक मल्लिकको घर भत्काइएको घटनामा प्रशासनले हेलचक्र्याइँ गरेको आरोप लागेपछि दाहाललाई मन्त्रालय तानिएको बताइएको छ। गृहमन्त्री रमेशले घटनाको गम्भीर छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका छन्। गाउँमा चैत १७ गतेदेखि महायज्ञ आयोजना हुन लागेको छ। दलित परिवारको घर भत्काइएको स्थानमै महायज्ञ गर्न लागिएको भन्दै सर्वत्र विरोध भइरहेको छ। यस घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख (एसपी) रमेश पण्डित बिहीबार घटनास्थल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...