सिरहाको सुखीपुरमा चैती छठ महोत्सव २०८१ भव्य रूपमा आयोजना हुँदै

  • चैत १९, २०८१
  • ७०३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित श्री रामजानकी पोखरीमा यस वर्षको चैती छठ महोत्सव २०८१ भव्य रूपमा आयोजना भइरहेको छ। महोत्सवको तयारी १ महिना पहिलेदेखि नै सुरु भइसकेको थियो, जसमा स्थानीय समितिहरू सक्रिय रूपमा लागिपरेका छन्। मधेस क्षेत्रमा चैती छठ पर्वको विशेष महत्त्व रहँदै आएको छ, जसका कारण मिथिला अञ्चलको ऐतिहासिक महत्त्व बोकेको श्री रामजानकी पोखरीलाई आकर्षक रूपमा सजाउने कार्य तीव्र गतिमा भइरहेको छ। यस वर्ष छठ पर्व मनाउने भक्तजनहरूको सङ्ख्या अघिल्लो वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ। छठ पर्वका लागि आवश्यक सामग्रीहरू जुटाउने क्रममा सुखीपुर बजारमा निकै भीडभाड देखिएको छ। स्थानीयहरूका अनुसार यसपालि छठ पर्वका लागि आवश्यक पर्ने सामग्रीहरूको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। चैती छठ पर्वको सुरुवात चैत १९ गते मंगलबारदेखि भएको छ। पहिलो दिन ब्रतालु महिलाहरूले नहाय-खाय विधिद्वारा व्रत प्रारम्भ गरेका छन्। दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ, जसलाई पापको नाश गर्ने दिनका रूपमा लिइन्छ। खरना दिन रातभरि उपवास बस्ने परम्परा रहँदै आएको छ। गाईको गोबरले लिपपोत गरिएको स्थानमा अरवा चामलको पिठोबाट तयार पारिएका झोलले भूमि सुशोभित गरिन्छ। बेलुकीपख चन्द्र दर्शन गरेपछि नयाँ माटोको चुल्हो र भाँडो प्रयोग गरी सखर, दूध, र चामलको खिर पकाइन्छ। यो खिर केराको पातमा राखेर छठी मातालाई चढाइन्छ, जसलाई ब्रतालुहरूले प्रसादको रूपमा ग्रहण गर्छन्, साथै परिवारका अन्य सदस्यहरूले पनि यसलाई ग्रहण गर्ने चलन रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...