बिष्णुपुरमा ‘बेबी ल्याण्ड मटेश्वरी इंग्लिश स्कूल’को भव्य उद्घाटन

  • वैशाख ६, २०८२
  • ८१९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, बिष्णुपुर – बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा नयाँ शैक्षिक संस्था ‘बेबी ल्याण्ड मटेश्वरी इंग्लिश स्कूल’को आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ। स्थानीय समुदायको व्यापक उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, अभिभावक, शिक्षाविद्हरू र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। IMG_20250419_180724 उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा स्थानीय समाजसेवी नेता जगबिर यादव रहनुभएको थियो भने विशिष्ट अतिथि र अन्य अतिथिहरूमा कपिलदेब यादव, , स्त्थआनिय नेता राम नरायण महतो सानाकिसान सहकारी संस्था लि. बिष्णुपुरका प्रबन्धक उपेन्द्र प्रसाद यादव, रामसुन्दर यादव, दुखमोचन यादव, राम कुमार यादव, महेश यादव, प्रेम शरण साह, कल्पना झा, सुरयदेब यादव, राम शंकर यादव, राम टहल यादव लगायत शिक्षक–शिक्षिका तथा स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो। IMG_20250419_175650 कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयले स्थानीय बालबालिकाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। विद्यालयका संस्थापक हरिदेब यादवले गुणस्तरीय शिक्षा र बालमैत्री वातावरण प्रदान गर्ने लक्ष्यसहित विद्यालय स्थापना गरिएको जानकारी दिँदै विद्यालयमा दक्ष शिक्षक, आधुनिक शिक्षण पद्धति र समग्र विकासमा जोड दिने कार्यक्रमहरू समावेश गरिने बताए। IMG_20250419_181120 बेबी ल्याण्ड मटेश्वरी इंग्लिश स्कूल’ले बालमैत्री शिक्षाको माध्यमबाट नयाँ पुस्तालाई सक्षम र जिम्मेवार नागरिक बनाउने लक्ष्य लिएको छ भने उद्घाटनसँगै विद्यालयले नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया समेत सुरु गरिसकेको छ।IMG_20250419_175532

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...