सिरहामा दुई थान भरुवा बन्दुक फेला

  • वैशाख २०, २०८२
  • ४६० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बैशाख  २० सिरहा। सिरहा प्रहरीले गोलबजारबाट दुई थान भरुवा बन्दुक फेला  परेको छ। गोलबजार नगरपालिका १० डण्डाबाट प्रहरीले दुई थान भरुवा बन्दुक फेला पारेको  हो। जङ्गल क्षेत्रमा बन्दुक पड्कीएको भन्ने सूचना पाएर पुगेका प्रहरी टोलिले झाडीमा फालेर भागेको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारका प्र्रमुख इन्सपेक्टर गोबिन्द साहले जानकारी दिए। जङ्गली जनावरको शिकार गर्नेहरुले प्रहरी आएको सुईंको पाएकोले बन्दुक फालेर भागेको हुन सक्ने उनको भनाई छ। ‘बन्दुक पड्किएको क्षेत्रमा पुगेका प्रहरी टोलीले खोजतलासको क्रममा भरुवा बन्दुक फेला परेको हो;’ इन्सपेक्टर साहले भने, ‘खोजतलासको क्रममा शिकारीहरुले आपगाछी क्षेत्रमा दुई थान भरुवा बन्दुक फालिएको अवस्थामा फेला परेको हो।’ बन्दुक कसले फालेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...