साना किसान कृषि सहकारीमा लगातार अनियमितता : मलखाददेखि ल्यापटपसम्म सहकारीको दुरुपयोग

  • वैशाख २३, २०८२
  • ५७४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा: प्रदेश टाइम्स ।  साना किसान कृषि सहकारी संस्था लिमिटेड बिष्णुपुरमा एकपछि अर्को गर्दै अनियमितता र विवादहरू सार्वजनिक भइरहेका छन्। हालै मात्र साधारण सभामा सहमतिका लागि रकम बाँडफाँड गरिएको खुलासा भएपछि, थप विवादहरू बाहिर आएका छन्। स्थानीय शेयर सदस्यहरूका अनुसार संस्थामा यसअघि पनि मलखाद वितरणमा अनियमितता, सरकारी अनुदानको दुरुपयोग र जग्गा खरिद प्रक्रियामा अपारदर्शिता जस्ता समस्याहरू देखिँदै आएका थिए। एक स्थानीय शेयर सदस्यले संस्थाका प्रबन्धक उपेन्द्र यादवको व्यक्तिगत सम्पत्ति सुदृढ हुँदै गएको उल्लेख गर्दै सम्पत्ति शुद्धीकरणसमेत आवश्यक रहेको बताएका छन्। उनका अनुसार, किसानको हकहितका लागि स्थापना गरिएको संस्था अहिले केही व्यक्ति विशेषका लागि 'दुहुनो गाई'मा परिणत भएको छ। ऋण असुलीको नाममा सूचना निकाल्ने र त्यसकै बहानामा संस्थाको रकम हिनामिना गर्ने कार्य पनि दोहोरिँदै आएको उनले बताए। यस्तै, संस्थाले आन्तरिक कमजोरी छोप्नका लागि सहकारीकै रकम प्रयोग गरेर ल्यापटप खरिद गरी एक सूचनाकर्मीलाई उपलब्ध गराएकोसमेत खुलेको छ। यसरी, संस्थाको पारदर्शिता र जवाफदेहितामा गम्भीर प्रश्न खडा भएको छ। आर्थिक अनुशासनको उल्लंघन हुँदै जाँदा संस्थाको मूल उद्देश्य – किसानको आर्थिक सशक्तीकरण – नै ओझेलमा परेको स्थानीयहरूको आरोप छ। यस्ता कार्यले सहकारी प्रणालीमा आम सदस्यहरूको विश्वास कमजोर बनाउँदै गएको छ। सरोकारवालाहरूले समयमै यस्ता क्रियाकलापको छानबिन गरी दोषीहरूलाई कारवाही गर्न र संस्थालाई पुनः विश्वसनीय बनाउने प्रयास गर्न आग्रह गरेका छन्। संस्थामा भइरहेको लगातार अनियमितता, दुरुपयोग र स्वार्थपूर्तिमूलक निर्णयहरूको अन्त्य नभए किसानका नाममा सञ्चालित यस्ता सहकारी संस्थाहरू आफैँ समस्याको कारण बन्ने खतरा देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...