सिरहामा लागू औषध र अवैध रकमसहित ५ जना पक्राउ

  • जेठ ५, २०८२
  • ३९८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, २०८२ जेठ ३ – जिल्ला प्रहरी कार्याल५य सिरहाले आइतबार पत्रकार सम्मेलन गरी पछिल्लो तीन दिनमा जिल्लाका विभिन्न स्थानहरूबाट लागुऔषध ओसारपसार र अबैध रकम कारोबारमा संलग्न आरोपमा पक्राउ परेका ५ जना व्यक्तिहरूको बारेमा सार्वजनिक गरेको छ। प्रहरीले गोप्य सूचनाको आधारमा लहान नगरपालिका, बरियारपट्टि गाउँपालिका र सिरहा नगरपालिका क्षेत्रबाट विशेष अपरेशन सञ्चालन गरी खैरो हिरोइन, ठूलो मात्रामा नगद नेपाली तथा भारतीय रुपैयाँ, मोबाइल फोन र मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो। यस क्रममा पक्राउ परेका दिनेश कुमार यादव र उनकी बहिनी किरण कुमारी यादवको साथबाट २०१ ग्राम हिरोइन, झण्डै ५५ लाख रुपैयाँ नगद र डिजिटल तराजु बरामद गरिएको छ। यस्तै, कृष्ण कुमार यादव र निरज रायलाई ७१० मिलिग्राम हिरोइनसहित बरियारपट्टिबाट र सञ्जय कारकलाई १६ लाख रुपैयाँभन्दा बढी नगदसहित महावीर चौकबाट पक्राउ गरिएको हो। पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिरेन्द्र कुमार पासमानले पक्राउ परेका सबै विरुद्ध लागू औषध तथा अबैध रकम कारोबार सम्बन्धी म्याद थप गरी कानूनअनुसार अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...