बिष्णुपुर गाउँपालिकामा राजस्व चुहावट, सुशासनमा गम्भीर प्रश्न उठदै

  • जेठ १०, २०८२
  • ४०५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिराहा : बिष्णुपुर गाउँपालिकाका पाँचै वडामा राजस्व चुहावट भइरहेको खुलासा भएको छ। विभिन्न सिफारिसको नाममा स्थानीय नागरिकसँग रकम संकलन गरिएपनि उक्त पैसा पालिकाको राजस्व शाखामा दाखिला नगर्ने प्रवृत्तिले स्थानीय तहमा सुशासन झनै कमजोर बनाएको स्थानीयको गुनासो छ। स्थानीय जानकारहरु र स्वयं पालिकाका केही जनप्रतिनिधिहरूले समेत यो प्रवृत्तिलाई गम्भीर अनियमितताको रुपमा लिएका छन्। उनीहरूको भनाइमा, यस्तो गैरकानुनी कार्य विशेष गरी वडा नं. १, २, र ५ मा बढी देखिएको छ भने वडा नं. ३ र ४ मा पनि राजस्व चुहावटको ठुलो परिमाणमा घट्ना भइरहेको छ। स्थानीय स्रोतका अनुसार वडा कार्यालयहरूबाट नागरिकलाई सिफारिस, नागरिकता प्रमाणपत्र सम्बन्धी प्रक्रिया, घर निर्माण अनुमति, व्यवसाय दर्ता, र जग्गा प्रमाणिकरण जस्ता सेवाका नाममा निश्चित शुल्क असुल गरिन्छ। तर ती शुल्क पालिकाको अधिकृत राजस्व खातामा जम्मा नगरी वडास्तरमै रोक्का राखिन्छ वा व्यक्तिगत प्रयोगमा आउने गरेको खुलेको छ। पालिका स्थित एक जनप्रतिनिधिले कार्यालय सञ्चालन खर्चसमेत दुरुपयोग भइरहेको आरोप लगाएका छन्। “कार्यालय संचालनको नाममा बजेट खर्च गरिन्छ, तर त्यो खर्च पारदर्शी छैन,” उनले नाम नखुलाउने शर्तमा बताएका छन्। यसरी स्थानीय सरकारकै संरचनाभित्रै यस्तो अनियमितता हुनुले जनताको विश्वासमा ठेस पुगेको छ। स्थानीय बासिन्दाहरु अब यस्ता कार्यको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...