सिरहा प्रहरीको लापरबाही : निर्दोष रोशन यादवलाई मुद्दामा फसाइयो

  • जेठ १०, २०८२
  • १५८९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, — सिरहा जिल्लाको चोहर्वा सडक खण्ड अन्तर्गत सिरहा नगरपालिका–११, भलुवाहीमा एक महिलामाथि भएको छिनछपोटको घटनामा वास्तविक अपराधी घटनास्थलमै पक्राउ परेपनि नाम मिल्दो मात्रैको आधारमा अर्का निर्दोष व्यक्तिलाई फसाइएको रहस्य खुलेको छ। घटना सार्वजनिक भएपछि स्पष्ट भएको छ कि सिरहा बिष्णुपुर गाउँपालिका–३ निवासी रोशन कुमार यादवलाई नाम मिल्ने मात्रको कारण र उनको नागरिकताको प्रतिलिपि मिसिलमा संलग्न गराएर मुद्दामा तानिएको हो। यादवका अनुसार उनले वैदेशिक रोजगारीको सिलसिलामा प्रहरी रिपोर्ट लिन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेपछि मात्र आफूविरुद्ध मुद्दा दर्ता भएको जानकारी पाए। जिल्ला प्रहरीको मुद्दा फाँटका सुरेश र इन्स्पेक्टर दिपक सिंहले वास्तविक अभियुक्तको नागरिकता झिकाउँदा नाम जुधेकै कारण उनको नागरिकता मिसिलमा परेको र यो ‘सामान्य गल्ती’ भएको बताउँदै उनलाई ढुक्क हुन आग्रह गरेका थिए। तर, प्रहरीको सोही कथित ‘सामान्य गल्ती’का कारण यादवविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दर्ता भएको छ र उनी हाल साधारण तारेखमा छुटेका छन्। पीडित महिलाले दिएको जाहेरीमा समेत रोशन यादवको नाम नरहे पनि उनको नाम र कागजात मिसाएर मुद्दा चलाइएको हो। यस घटनाले प्रहरी प्रशासनको गम्भीर लापरबाही र लापर्वाहीपूर्ण कार्यशैलीलाई उजागर गरेको भन्दै स्थानीय तहमा चर्को बहस सुरु भएको छ। दोषी उम्किने र निर्दोष सास्ती भोग्नुपर्ने अवस्था सृजना गर्ने प्रहरी प्रशासनले सर्वसाधारणप्रति कस्तो व्यवहार गर्छ भन्ने प्रश्न सर्वत्र उठेको छ। स्थानीय नागरिकहरू भन्छन्, “जब न्यायको ढोका भनेर चिनिने निकायबाटै यस्तो गल्ती हुन्छ भने साधारण जनताको बाँच्ने आधार के रहन्छ?” रोशन कुमार यादव जस्ता निर्दोषहरूलाई फसाउने घटनाले न केवल प्रहरी प्रशासनको कामप्रतिको लापरवाही देखाउँछ, बरु सम्पूर्ण न्याय प्रणालीप्रति नै प्रश्न खडा गरिदिएको छ। पिडित रोशन कुमार यादवले तारेख पर्चा देखाउँदै प्रहरीले गलत नियत बस आफुलाई फसाइएको मुद्दा नम्बर ०८१-C१-०१३ बाट निर्दोष साबित भै छुटकारा पाउँ माँग राख्दै दोषिलाई कार्यबाहिको माँग गरेका छन ।यो डाँका मुद्दा  कार्तिक २० मा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...