विद्यालयको सुरक्षातर्फ ऐतिहासिक पाइला: अमहा गढियामा कम्पाउन्ड वालको शिलान्यास

  • जेठ १२, २०८२
  • ५८१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, बिष्णुपुर गाउँपालिका वडा २ स्थित अधारभूत विद्यालय अमहा गढियामा शैक्षिक वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि कम्पाउन्ड वाल निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ। उक्त कार्यको थालनी प्रदेशसभा सदस्य माननीय रामबाबु यादवको विशेष पहलमा भएको हो। प्रदेश सरकारको २५ लाख रुपैयाँको बजेटमा निर्माण हुन लागेको कम्पाउन्ड वाल उपभोक्ता समितिको माध्यमबाट निर्माण प्रक्रिया अगाडि बढाइएको हो। IMG_20250526_092559 समितिका अध्यक्ष सुरेन्द्र कुमार साहका अनुसार निर्माण कार्य पारदर्शी ढंगले सम्पन्न गर्न उपभोक्ता समिति पूर्ण रूपमा संलग्न रहनेछ। शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष सत्यनारायण यादव, उपाध्यक्ष गीता देवी सिंह, प्रदेशसभा सदस्य रामबाबु यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू, विद्यालयका प्रधानाध्यापक तथा स्थानीय वडा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त अवसरमा बोल्दै प्रदेशसभा सदस्य यादवले विद्यालयको भौतिक पूर्वाधार सुदृढ पार्न प्रदेश सरकार सधैं प्रतिबद्ध रहेको बताएका थिए। गाउँपालिका अध्यक्ष यादवले भने, “विद्यालयको चारैतिर कम्पाउन्ड वाल निर्माण हुनु विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सुरक्षा दृष्टिकोणले अत्यन्त आवश्यक छ।” स्थानीय बासिन्दाहरूले पनि यस्तो पहलप्रति प्रसंसा जनाउँदै विद्यालयको समग्र विकासमा अझ सशक्त योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। सामाजिक, शैक्षिक र सुरक्षात्मक दृष्टिले महत्वपूर्ण मानिएको यो कम्पाउन्ड वाल निर्माणले अब विद्यालयको छवि अझ व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा स्थानीयले गरिएको छ।IMG_20250526_095004

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...