मेयर नवीन यादवको पत्रकारमाथिको अभिव्यक्तिप्रति महासंघको आपत्ति

  • जेठ १४, २०८२
  • ४३३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा। सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवको पत्रकारविरुद्धको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ, सिरहाले कडा आपत्ति जनाएको छ। मंगलबार एक कार्यक्रममा मेयर यादवले आफूविरुद्ध समाचार लेख्ने पत्रकारलाई “भयानक परिणाम भोग्नुपर्ने” चेतावनी दिएका थिए, जसलाई महासंघले प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भन्दै निन्दा गरेको हो।FB_IMG_1748353565612 महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादवले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मेयरको अभिव्यक्ति आपत्तिजनक र धम्कीपूर्ण रहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “समाचार सम्प्रेषण गर्नु सञ्चारकर्मीको पेशागत दायित्व हो। यसलाई रोक्न खोज्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप हो।” महासंघले मेयर यादवको भनाइले लोकतान्त्रिक मूल्य र मान्यताको समेत अपमान गरेको जनाउँदै सम्बन्धित निकायसँग कानुनी कारबाहीको माग गरेको छ। सन्दर्भमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार सिरहा नगरपालिकामा आएर योजनासम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको थियो। तर, सो घटनालाई लिएर अनर्गल प्रचार गरिएको भन्दै मेयर यादवले पत्रकारमाथि चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...