प्रहरीको नाम दुरुपयोग गरी सवारी ज्यान मुद्दामा ठगी गर्ने व्यक्ति पक्राउ

  • जेठ २०, २०८२
  • ५८२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइ दिने भन्दै एक लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरका प्रमोदकुमार महतो पक्राउ परेका छन्। सिरहा प्रहरीका अनुसार महतोले सवारी ज्यान मुद्दा नं. ३६६ अन्तर्गत हिरासतमा रहेका सिरहा नगरपालिका–१६ माडरका विवेक यादवलाई छुटाइ दिने आश्वासन दिँदै उनकी आमा रानीदेवी यादवसँग गत १७ असारमा रकम लिएका थिए। ठगी भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए। पक्राउ परेका महतोमाथि सोमबारदेखि लागु हुने गरी मंगलबार सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद लिइ थप अनुसन्धान थालिएको छ। प्रहरीसँग सम्बन्धित कुनै पनि काम गराइदिन्छु भन्दै कोही व्यक्तिले रकम माग गरेमा तत्काल प्रमाणसहित नजिकको जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन डीएसपी पासवानले आग्रह गर्दै प्रहरीको सम्पूर्ण सेवा निःशुल्क रहेको स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...