वैदेशिक रोजगारमा गएका श्रीमान् वर्षौंदेखि घर फर्किन नसकेपछि , परिवार संकटमा

  • जेठ २१, २०८२
  • ४५३६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा : वैदेशिक रोजगारीको सपना बोकेर नौ वर्षअघि साउदी अरबको रियादस्थित "साउदी मार्बल तथा ग्रानाइट कम्पनी" मा काम गर्न गएका सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका–२, रजोखैरका बिशेश्वर यादव अझै घर फर्किन सकेका छैनन्। सुरुका केही वर्ष उनले अनियमित रुपमा पैसा पठाए पनि पछिल्ला वर्षहरूमा तलब नपाएको कारण सम्पर्क नै टुटेको छ। यसले उनकी पत्नी (परिवर्तित नाम) श्रीदेवी र तीन सन्तानलाई चरम आर्थिक संकटमा पुर्‍याएको छ। छोराछोरीको पढाइ प्रभावित भएको छ भने दैनिक गुजारा समेत मुस्किल परेको श्रीदेवी बताउँछिन्। अहिले उनी गाउँकै सहयोग र ऋणको भरमा जीवन गुजारिरहेकी छन् तर त्यो पनि कहिले सकिन्छ भन्ने त्रासमा छन्। श्रीदेवीका अनुसार, श्रीमानले काम गरिरहेको कम्पनीले तलब नदिएपछि उनीसहित अन्य नेपाली कामदारहरूले आन्दोलन गरे। त्यसको झोंकमा कम्पनीले उनीहरूलाई कामबाट हटाई घर पठाउने निर्णय गरे पनि न त तलब दिइएको छ, न त स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको छ। पीडितहरूले कम्पनीविरुद्ध साउदीको अदालतमा मुद्दा दायर गरी जितिसकेका छन्, तर अदालतको निर्णय कार्यान्वयनमा अझै ढिलाइ भएको छ। यसै सन्दर्भमा पीडित बिशेश्वर यादवको न्याय र उद्धारका लागि समाज कल्याण सेवा नेपाल तथा श्री सरोज राय ज्यूको अगुवाइमा अभियान दोहा कतार सक्रिय रूपमा जुटिरहेको छ। अभियानका अन्तर्राष्ट्रिय अध्यक्ष रामबाबु यादवले प्रदेश टाइम्स दैनिकसँग कुरा गर्दै बिशेश्वर यादवलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाउन आवश्यक सम्पर्क, समन्वय तथा दबाबमूलक पहल भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...