कल्याणपुर नगरपालिकामा करोडौँ खर्चिए पनि चेतनामूलक कार्यक्रम कागजमै सीमित, भ्रष्टाचारको आशंका

  • जेठ २३, २०८२
  • ६३२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा — कल्याणपुर नगरपालिकामा चेतनामूलक कार्यक्रम, नाटक तथा सीपमूलक तालिमका लागि हरेक वर्ष झैँ यस पटक पनि झन्डै १ करोड ३७ लाख ८० हजार रुपैयाँ विनियोजन गरिए पनि यस्ता कार्यक्रम कागजमै सीमित हुने, प्रभावहीन रहने र रकम दुरुपयोग हुने आशंका थप बलियो बन्दै गएको छ। प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवमाथि योजनाको बजेट ५०–६० प्रतिशत कमिसनमा ठेक्का दिने, योजनाको मोलमोलाइ गर्ने र रकम दुरुपयोग गर्ने गम्भीर आरोप लाग्दै आएको छ भने ‘सीपमूलक तालिम’का नाममा फर्जी नाम, एउटै व्यक्तिको छाप र हस्ताक्षरसहितको सूची प्रयोग गरिएको स्थानीयले बताएपछि कार्यक्रमको विश्वसनीयता थप प्रश्नमा परेको छ। यसैबीच, नगरपालिकाले वर्षेनी बजेट छुट्याउने गरेको 'नागरिक वडा पत्र'समेत कहाँ कसरी वितरण गरिएको हो भन्नेबारे कुनै स्पष्टता नरहेको र उक्त योजना पनि रकम निकाल्ने माध्यममा सीमित भएको स्थानीयको आरोप छ। नगर प्रमुख रामपुकार साहमाथि समग्र नगर विकासभन्दा व्यक्तिगत लाभमा केन्द्रित भएको, अघिल्लो कार्यकालमा समेत सार्वजनिक स्रोतको दुरुपयोग गरेको, आफन्तको नाममा सम्पत्ति जोड्ने काममा मात्र चासो दिएको भन्दै स्थानीयवासी र सामाजिक अभियन्ताहरूले तीव्र असन्तोष व्यक्त गर्दै आएका छन्। सार्वजनिक स्रोतको पारदर्शी प्रयोग र जवाफदेहिता सुनिश्चित गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित निकायले तत्काल गम्भीर छानबिन थाल्नुपर्ने मागसमेत उठेको छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...