मालपोतको गोप्य कागजात घरमै लुकाएर राख्ने कर्मचारी युवतीसहित पक्राउ"

  • जेठ ३०, २०८२
  • ६७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेन्द्रकुमार कामती सिरहा, ३० जेठ। मालपोत कार्यालय सिराहामा कार्यरत कार्यालय सहयोगी राजकुमार रायले भाडामा लिएको घरमा अवैध रूपमा राखिएको मालपोत कार्यालयको महत्त्वपूर्ण कागजातहरू प्रहरीले बरामद गरेको छ। सिराहा नगरपालिका ७ मा रहेको एक घरमा कार्यालय सहयोगी रायले लुकाएर राखेको मालपोत कार्यालयका विभिन्न कागजात प्रहरी टोलीले बरामद गरेको हो। प्रहरी निरीक्षक आकाश उप्रेतीको नेतृत्वमा खटिएको टोलीले अनुसन्धानको क्रममा रायले अवैध रूपमा लुकाएर राखेको मालपोत कार्यालयको पुरानो स्रेस्तालगायतका कागजातहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए। रायले मालपोतको स्रेस्ता आफ्नो घरमा लुकाएर राखेको गुनासो यसअघि पटकपटक प्रहरीमा पुगे पनि प्रहरीले बरामद गर्न सकेको थिएन। अनि खुल्यो कागजातको रहस्य कार्यालय सहयोगी राय एक युवतीसँगै सोही घरमा रहेको वेला बिहीबार दिउँसो पक्राउ परेका थिए। उनकी पत्नी सुमिता रायले विवाहेत्तर सम्बन्ध राखी आफूलाई मानसिक यातना दिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीले रायसँगै एक युवतीलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको डिएसपी पासवानले बताए। IMG-20250612-WA0001 युवतीसँगै पक्राउ परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदा पुरानो स्रेस्तालगायतका कागजातहरू बरामद भएको हो। सिराहाको बरियारपट्टी गाउँपालिका– ३ घर भएका रायका दुई छोरा र दुई छोरी छन्। मालपोत कार्यालय सिराहामा स्थायी रूपमा कार्यरत कार्यालय सहयोगी राय मालपोतको स्रेस्ताहरूको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए। आर्थिक लेनदेन भएपछि हराएको वा पुरानो स्रेस्ताहरू खोजेर दिने गरेका थिए। आफूसँग राखेका कागजात रकमको लेनदेन नमिल्दा वर्षौँसम्म सेवाग्राहीलाई रित्तै फर्काउने र झुलाउने गरेको लेखापढी कानुन व्यवसायीहरूले बताएका छन्। राय नेकपा एमालेनिकट नेपाल कर्मचारी संगठनको जिल्ला अध्यक्षसमेत हुन्। उनी नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठका निकट रहेको जानकारहरू बताउँछन्। यसअघि पनि पक्राउ परेका रायलाई पूर्वमन्त्री श्रेष्ठ र एमालेको जिल्ला तहका शीर्ष नेताहरूको दबाबमा छाडिएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...