चर्चित कालाकार कलकतियाबालिको श्रीमती अंसा सदा आफ्नै घरमा मृत फेला

  • असार १०, २०८२
  • ४२८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । मधेसको चर्चित कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकै रहेको आफ्नै घरमा सोमबार राती अँसा सदा मृत अवस्थामा फेला परेकी हुन् । गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झाले गृह प्रवेश पनि गरेका थिए । पूजाआजा गर्दै गृह प्रवेश गरेका दुवै जोडी समाजिक सँजालमा खुसी देखिएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार,यो घटना सोमबार रातीकै रहेको पुष्टि गरेको छ । अँसा सदाको माईती पक्ष नआएको कारण अगाडीको प्रक्रिया गर्न नसेकेको प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकैको नोचपुरस्थित सुटिँग स्थलमा बिहानैदेखि भीड लागेको छ । अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा यसवारे जानकारी दिन सक्ने अवस्थामा छैन् । कलाकार अविनास झा र अँसा सदाबीच करिब १०/ ११ दिनदेखि तनाव चल्दै आएको थियो । अहिले प्रहरीको टोलीले घटना स्थललाई नियन्त्रणमा लिएर मुचुल्का प्रक्रिया अगाडी बढाएको छ । माईती पक्ष आएपछि पोष्टमार्टमको प्रक्रिया अगाडी बढने प्रहरीले जनाइएको छ । जानकारी अनुसार उनी आत्महत्या गरेकी हुन् । यद्यपी,प्रहरीले यसलाई बिना पोष्टमार्टमको पुष्टि नगर्ने बताएको छ । यसबारे अनुसन्धान तीव्र बनाईएको छ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...