विष्णुपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो ४३ करोड ९४ लाख बराबरको बजेट, पूर्वाधार र समावेशी विकासलाई प्राथमिकता

  • असार १०, २०८२
  • ५८१ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ असार १०, सिरहा । विष्णुपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड ९४ लाख ५१ हजार २ सय ५१ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्दै आर्थिक, सामाजिक, भौतिक तथा प्रशासनिक विकासलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। गाउँसभाको ११ औं अधिवेशनमार्फत पारित गरिएको बजेट अन्तर्गत व्ययतर्फ प्रशासनिक खर्च (वडा तथा गाउँपालिका समेत)मा सशर्त बजेटसमेत गरी २० करोड ६२ लाख ५८ हजार २ रुपैयाँ, गौरवका आयोजना सञ्चालनका लागि ३ करोड, सम्पुरक कोषका लागि ३ करोड ७५ लाख, सशर्त अनुदान कार्यक्रमका लागि ६ करोड ७२ लाख, विषयगत शाखाका कार्यक्रमहरूका लागि १ करोड ७२ लाख, गाउँपालिकाले आफैं सञ्चालन गर्ने योजनाहरूका लागि ३ करोड १२ लाख ९३ हजार र वडाहरूमा पुँजीगत बाँडफाँडका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले बजेटमार्फत पूर्वाधार विकासका साथै आर्थिक वृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले घर निर्माणमा जनताको अनुत्पादक खर्च न्यूनीकरण गर्न निःशुल्क परामर्श सेवा, सडक मापदण्डको पुनरावलोकन, भौतिक संरचनाको नियमित मर्मत, वडास्तरीय योजना कार्यान्वयन, एक वडा एक कालोपत्रे सडक कार्यक्रमको निरन्तरता, गुरुयोजना निर्माण, ऐतिहासिक स्थलहरूको संरक्षण, निजी तथा गैरसरकारी लगानी भित्र्याउने, पुराना बजार सुधार, अपाङ्ग, बाल तथा वातावरणमैत्री पूर्वाधार विकास, र विष्णुपुर चौक तथा थल्हाका धार्मिक स्थलहरूको व्यवस्थापन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। साथै, विष्णुपुर चौक र थल्हा कुट्टीमा सामुदायिक भवन निर्माणका लागि संघीय तथा प्रदेश सरकारसँग आवश्यक बजेट माग गरिने जनाएको छ। गाउँपालिकाले अघिल्लो वर्षका अपूर्ण तथा चालु योजनाहरूलाई निरन्तरता दिँदै नयाँ चुनौतीहरूसँग जुझ्न सकारात्मक सोचसहित बजेट निर्माण गरिएको उल्लेख गर्दै, आगामी आर्थिक वर्षमा आमजनताले अनुभूत गर्नसक्ने गरी प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमहरू कार्यान्वयन गरिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...