सिरहा प्रादेशिक अस्पतालमा बालकको मृत्यु, आफन्त र गाउँलेको आन्दोलन

  • असार १५, २०८२
  • ९०१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा — सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा एक १२ वर्षीय बालकको मृत्यु भएपछि उनको परिवार र स्थानीयवासी आन्दोलित भएका छन्। सिरहा नगरपालिका–६ का झबुलाल महराका छोरा राजन रामलाई आज बिहान करीब साढे १० बजे अचानक बेहोस भएपछि अस्पतालमा भर्ना गरिएको थियो। डा. सुदेशकुमार यादवले प्रारम्भिक जाँचपछि बालकको शरीरमा अत्यधिक रगतको कमी भएको देखिएपछि तुरुन्तै रगत चढाउन सुझाव दिएका थिए। तर, अस्पतालभित्रै रहेको ब्लड बैंकमा रगत नभएको जानकारी दिइएपछि आवश्यक उपचार नपाई बालकको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ। बालकको मृत्युपछि आक्रोशित आफन्त र गाउँलेले अस्पताल अगाडि प्रदर्शन गर्दै सडकसमेत अवरुद्ध गरे। डाक्टरको लापरवाहीको आरोप लगाउँदै उनीहरूले तोडफोडको प्रयास गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। छोराको मृत्युको खबर पाएपछि आमा सुनिता महरा अचेत भई अस्पताल परिसरमै मुर्छित भएकी छन्। घटनापछि अस्पतालको अवस्था तनावग्रस्त बनेको छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...