मधेश प्रदेश प्रथम: जनकपुरधाममा सम्पन्न अन्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिता–२०८२ मा ऐतिहासिक सफलता

  • असार १८, २०८२
  • ९९० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 जनकपुरधाम । मधेश प्रदेशले जनकपुरधाममा सम्पन्न तीनदिने अन्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिता–२०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । मधेश प्रदेशले कुल ८ स्वर्ण र २ रजत पदक जित्दै प्रतियोगिताको ट्रफी आफ्नो नाममा गरेको हो । प्रतियोगिता समापन समारोहमा मधेश खेलकूद परिषद्का सदस्य लभ अधिकारी, भलिवलका राष्ट्रिय प्रशिक्षक भरत यादव र नेपाल कुस्ती संघ मधेश प्रदेशका अध्यक्ष रमेश साहले संयुक्त रूपमा विजेता टोलीलाई ट्रफी प्रदान गरेका थिए । खेलकूद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा असार १५ गतेदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, २ रजत र २ कास्य पदक सहित द्वितीय स्थान प्राप्त गरेको छ भने बाग्मती प्रदेशले १ स्वर्ण, १ रजत र २ कास्य पदक जित्दै तृतीय स्थान हासिल गरेको छ । व्यक्तिगत रुपमा पदक विजेता खेलाडीहरुलाई पदक र प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रदेशगत प्रदर्शनको आधारमा ट्रफी वितरण गरिएको हो । मंगलबार बिहान सम्पन्न अन्तिम तथा निर्णायक फाइनल राउण्डमा मधेश प्रदेशका खेलाडीहरुले दबदबा कायम राख्दै १० तौल समूहमध्ये ८ तौल समूहमा स्वर्ण पदक जितेका थिए । बाँकी दुई समूहमा रजत पदकमा चित्त बुझाउनु परे पनि मधेशका खेलाडीहरुले कुस्ती खेलमा आफ्नो प्रभुत्व प्रमाणित गरेका छन् । प्रतियोगितामा १० वटा तौल समूहमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै वक्ताहरुले मधेश प्रदेशमा खेलकूदको भविष्य उज्ज्वल रहेको भन्दै प्रदेश सरकारले यस क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याए । नियमित प्रतियोगिताको आयोजना, खेल सामग्रीको व्यवस्थापन तथा खेल मैदानको स्तरोन्नतिको माग गर्दै उनीहरुले खेल पूर्वाधारमा ध्यान दिनु पर्ने धारणा राखे । मधेश खेलकूद परिषद्का नवनियुक्त सदस्य लभ अधिकारीले परिषद् गठनको उद्देश्य नै प्रदेशमा खेलकूद गतिविधिको विकास रहेको बताउँदै निकट भविष्यमै खेल क्षेत्रमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे । राष्ट्रिय भलिवल प्रशिक्षक भरत यादवले पनि खेलकूद गतिविधि नै खेलाडीको प्रदर्शन सुधारको प्रमुख आधार भएकाले यस्ता प्रतियोगिताको निरन्तरता आवश्यक रहेको बताए । नेपाल कुस्ती संघ मधेश प्रदेशका अध्यक्ष रमेश साहको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत मन्तव्य कराँते प्रशिक्षक रामबाबु साहले राखेका थिए भने आयोजक संस्था तर्फबाट अजित कुमार मिश्रले म्याच अफिसियल, टिम म्यानेजर तथा प्रशिक्षकहरुलाई टोकन अफ लभ प्रदान गरी सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...