एस.इ.इ.मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाई श्री पाण्डव यादव स्मृति प्रतिष्ठानद्वारा सम्मान

  • असार २१, २०८२
  • १०५७ पटक पढिएको
  • एस.एम यादव
alt

 सिरहा, असार  २१ – शिक्षा क्षेत्रको विकास र विद्यार्थीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले सिरहाको नरहा गाउँपालिका–४ बर्छावामा स्थापित श्री पाण्डव यादव स्मृति प्रतिष्ठानले यस वर्षको एस.इ.इ. परीक्षा (SEE) मा A+, A र B+ ग्रेड ल्याउने करिब ६० जना विद्यार्थीलाई एक भव्य सम्मान समारोहको आयोजना गरी खादा, टीका र सम्मान पत्र प्रदान गर्दै बधाई सहित सम्मान गरेको छ । Messenger_creation_1835FA47-38E2-4B4A-B31E-710B1EAF673B प्रतिष्ठानका अध्यक्ष चन्द्रकला यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नरहा गाउँपालिकाका अध्यक्ष राम प्रमोद यादव, विशिष्ट अतिथि वडा नं. ४ का अध्यक्ष राम बिलेक्ष्ण यादव तथा अतिथि अदुअ आ बर्दिबासको वकिल दिप कुमार यादव, बलाजु दुग्ध विकास Spension officer  गणेश कुमार यादव, जिल्ला हुलाकी कार्यालय सिरहाका प्रमुख तथा प्रतिष्ठानका उपाध्यक्ष राम किशोर महतो, कोषाध्यक्ष अनिता कुमारी यादव, सदस्य ॐ प्रकाश यादव लगायत विभिन्न विद्यालयका प्राचार्य, शिक्षक, सञ्चालक र सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा जनता बनवाली नमुना मावि (प्राविधिक) बर्छावाका सहायक प्रधानाध्यापक राम बाबू यादव, जनता मा.वि. राजपुरका प्र.अ. अशेश्वर यादव, जनता मा.वि. लक्ष्मिपुरका प्र.अ. राम बिनोद यादव, बुढानिलकण्ठ मा.वि. गोलबजारका सञ्चालक राम बरन यादव, बजरंग एकेडेमी नरहाका सञ्चालक दिलिप यादव, थल्हा कट्टहा मा.वि.का शिक्षक, श्री जनता बनवाली मा.न.वि. बिद्यालयका शिक्षकहरू प्रदिप पुर्बे, किशोरी महतो, मोति कुमार यादव, सतेन्द्र यादव, पुष्पा यादव, राजेश यादव, धर्मेन्द्र यादव तथा श्री जनता आधारभूत बिद्यालय ललभितियाका प्रधानाध्यापक उमेश यादवको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमको उद्घोषण शरण मा.बि. पानबारीका शिक्षक राम एकबाल यादवले गरेका थिए । कार्यक्रमले शिक्षा प्रतिको लगाव बढाउन र विद्यार्थीमा अझ उत्कृष्ट परिणाम ल्याउने प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...