बालुवाटारमा प्रदर्शन: नेविसंघ काठमाडौं अध्यक्ष अंशुल केसीसहित सात नेता पक्राउ

  • असार २७, २०८२
  • १०५१ पटक पढिएको
  • शतिश यादव
alt

 काठमाडौं, नेपाल — नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती काठमाडौंद्वारा बालुवाटारमा आयोजित विरोध प्रदर्शनका क्रममा संघका काठमाडौं जिल्ला अध्यक्ष अंशुल केसीसहित सात जना विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दोर्जे तामाङ (नेविसंघ काठमाडौं सहसचिव), प्रेम श्रेष्ठ (नेविसंघ अध्यक्ष, बानेश्वर क्याम्पस), रोहित श्रेष्ठ (नेविसंघ कीर्तिपुर अध्यक्ष), रोहन देशार (नेविसंघ चन्द्रागिरि उपाध्यक्ष), सतीश यादव (नेविसंघ त्रिचन्द्र नेता), र प्रस्ताव केसी (नेविसंघ काठमाडौं सहसचिव) रहेका छन्। प्रदर्शनकारीहरूले विद्यालय भर्नाको बेला देखिएको दोहोरो भर्ना प्रणाली तत्काल बन्द गर्न, छात्रवृत्तिमा पारदर्शी व्यवस्था र न्यायोचित वितरण सुनिश्चित गर्न, प्रतिस्पर्धात्मक प्रक्रियाबाट शिक्षक नियुक्ति गर्न, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तुरुन्तै जारी गर्न र विश्वविद्यालयहरूमा योग्यता आधारित नियुक्तिको माग गर्दै आन्दोलन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...