सुखिपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद, घरधनी फरार

  • साउन २, २०८२
  • ४८४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, २ साउन। सिरहा प्रहरीले सुखिपुरबाट शुक्रवार विहान सात क्विन्टल १७ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ। सुखिपुर नगरपालिका–४, पोखरियास्थित ६० वर्षीय मेदि यादवको घरबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो। गोप्य सूचनाको आधारमा प्रहरी चौकी सिलौर्वा पछवारी र सशस्त्र प्रहरी बल बेस क्याम्प सुखिपुरबाट खटिएको संयुक्त टोलीले मेदि यादवको घरमा चेकजाँच गर्ने क्रममा २६ पोका गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी बीरेन्द्र कुमार पासवानले जानकारी दिए। पछिल्लो खोजतलासका क्रममा थप एक पोका गाँजा फेला परेको र जम्मा २७ पोकामा गरी कुल ७ क्विन्टल १७ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। गाँजा बरामद भए पनि घरधनी मेदि यादव भने फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...