बिष्णुपुर गाउँपालिकामा मिलेमतोको शासन : अनियमितता र भ्रष्टाचारको दलदल

  • साउन ३, २०८२
  • २४० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहाको बिष्णुपुर गाउँपालिकामा विकास योजनाको चेक वितरणदेखि तालिम तथा अन्य सेवा प्रवाहका हरेक क्षेत्रमा चरम अनियमितता, गैरजवाफदेहीपन र मिलेमतोको शासन चलिरहेको छ भन्ने जनगुनासो तीव्र बन्दै गएको छ। गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र प्राविधिक दिनेश यादवको मिलेमतोमा योजनाको चेक वितरण प्रक्रिया पारदर्शी हुन सकेको छैन, जहाँ सेवा प्रवाहभन्दा बढी कमिसन र सेटिङको खेल हाबी देखिन्छ। योजनाको फाइलहरू समयमै पास नहुनु, पहिले सम्पन्न भएका फाइललाई पछाडि पार्नु र पछिल्ला फाइललाई प्राथमिकतामा राख्नु, तालिम कार्यक्रमहरूमा लक्षित समूहको नाममा बजेट सकाउन उपयुक्त प्रक्रिया नअपनाइनु, एकै व्यक्तिलाई पटक–पटक तालिम दिने, सार्वजनिक खरिदकाकार्य हरु लगायत , सोलार, ग्राभेल, कालोपत्रे, माटो, ढलान , इन्धन , गाडी मर्मत लगायतका योजनामा मापदण्डविपरीत काम हुनु , चेककाटने अन्तिम मिति सम्म मा पनि काम नभएका योजनाहरुको पनि भुक्तानी गरिनु—यी सबै गम्भीर बेथिति र भ्रष्टाचारको प्रमाणका रूपमा देखिन्छन्। यता, सेवाग्राहीहरूले चेकको जानकारी लिन पालिका अध्यक्षसँग सोध्दा “थाहा छैन” भन्ने जवाफ आउँछ, लेखा शाखामा जाँदा “प्राविधिकलाई थाहा होला” भनिन्छ, प्राविधिकले “सहायक लेखालाई सोध्नु” भन्छन्, अनि फेरि त्यहाँबाट “उ र उलाई सोध” भन्ने शैलीमा चेकबारे जानकारी दिन आनाकानी गरिन्छ। यस्तो “जिम्मेवारी टार्ने खेल” ले स्पष्ट पार्छ कि गाउँपालिकाको सम्पूर्ण प्रणाली मिलेमतोमा आधारित छ र कसैले पनि जनतालाई प्रत्यक्ष जवाफ दिने हैसियतमा काम गरिरहेको छैन। चौथो तहका प्राविधिक दिनेश यादवलाई छैठौँ तहको तलब र जिम्मेवारी दिइनु, स्थायी प्राविधिकलाई पाखा लगाइनु, चेक गाउँपालिकाभित्रै नबनाई जिरोमाइलजस्ता निजी स्थानमा बनाई वितरणमा ढिलाइ गरिनु, गाउँसभाको नाममा होटेलमा मदिरा सेवन गरेको बिलसम्म पालिकाबाट भुक्तानी हुनु—यी सबै घटनाले स्थानीय सरकारको चरित्रलाई स्पष्ट पार्दैछन्। एक स्थानीय बुद्धिजीवीका अनुसार, पालिका अध्यक्ष र हाकिमको कमजोरी, लालच र मनोमानीका कारण सेवाग्राहीहरू न्यायबाट वञ्चित भएका छन् र फाइल प्रक्रियामा भएको भेदभावले सेवामा पहुँच भएकालाई मात्र लाभ पुग्ने व्यवस्था बनाइएको छ। यस्तो अवस्थाको अन्त्य गर्दै न्याय, पारदर्शिता र जवाफदेहिताको पुनःस्थापना गर्न पालिका परिषदले तत्काल हस्तक्षेप गर्नुपर्ने आवाज उठिरहेको छ। यदि यस्तो प्रशासनिक बेथिति, मिलेमतो र जिम्मेवारहीनता अब पनि नसुधारिए, यसले बिष्णुपुर गाउँपालिकालाई भ्रष्टाचारको दलदलमा झन् गहिरो बनाउने निश्चित छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...