बिष्णुपुर गाउँपालिकामा काम बिना भुक्तानी, चेक वितरण रोकिनु र प्राविधिकको भागाभागप्रति सेवाग्राही आक्रोशित

  • साउन ३, २०८२
  • ६५३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिष्णुपुर गाउँपालिकामा चालु आर्थिक वर्षमा ५५ वटा कोटेशन ठेक्का, १५ उपभोक्ता समितिमार्फतका योजना र २४ वटा टेन्डर प्रक्रियाबाट सुरु गरिएका योजनामध्ये धेरैजसोमा असार महिनाको अन्तिममा आएर समेत काम सम्पन्न नभइसकेका योजनालाई भुक्तानी गरिएको, तर काम सम्पन्न भएका योजनाहरूको भुक्तानी रोकिएको गुनासो बढ्दो छ । पालिकाका एक कर्मचारीका अनुसार कतिपय योजनामा अनुगमन तथा मूल्याङ्कन प्रक्रिया नहुँदै आर्थिक चलखेलका आधारमा भुक्तानी फाइल पास गरिएको छ । अझ अचम्मको विषय त के भने — भुक्तानी स्वीकृति भइसकेका फाइलहरूको चेक समेत अहिलेसम्म वितरण नगरिएको, र पालिकामा कार्यरत प्राविधिकले ठेकेदारहरूसँग कमिशनको माग गरेपछि चेकहरू लिएर सिरहा भागेको भन्ने गुनासो ठेकेदारहरूले सार्वजनिक रूपमा गरेका छन् । प्राविधिकहरू कमिशन नपाए चेक वितरण नगर्ने, मनपरी रकम माग्ने र त्यसलाई नपु¥याउँदा फाइल अलपत्र पार्ने जस्ता गतिविधिले योजना कार्यान्वयन प्रक्रियामा गम्भीर अवरोध सिर्जना भएको छ । यसरी नियोजित रूपमा भएको आर्थिक अनियमितता, योजना अपारदर्शिता र कमिशन केन्द्रित कार्यशैलीले बिष्णुपुर गाउँपालिकालाई भ्रष्टाचारको दलदलमा धकेलेको स्थानीयवासीहरूको आरोप छ । काम नगरेका योजनाहरूमा चाँडै भुक्तानी, तर काम गरेका ठेकेदारको चेक अलपत्र परिरहेको अवस्था, प्राविधिकको चेकसहितको ‘भागाभाग’, र कमिशनप्रतिको निर्लज्ज दबाबका कारण अहिले पालिकामा असन्तोषको वातावरण चुलिएको छ । यसैबीच, स्थानीय नागरिक, युवाहरू तथा सरोकारवाला पक्षहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, र सम्बन्धित निकायमा तत्काल छानबिनको माग गर्दै दोषी कर्मचारी, प्राविधिक र योजनामा संलग्न ठेकेदारमाथि कडा कारबाही गर्न र सम्पूर्ण योजनालाई पारदर्शी रूपमा अघि बढाउन जोडदार दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...