मेक्सिको सिमानामा पर्खाल लगाउने ट्रम्पको योजनामा धक्का

  • चैत २, २०७५
  • २४१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

एजेन्सी : अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले मेक्सिकोको सिमानामा पर्खाल लगाउन रकम जोहो गर्ने उद्देश्ले राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय सङ्कटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ । 

उनकै पार्टीका सिनेट सदस्यले पनि उनको विपक्षमा मतदान गरे । १२ जना रिपब्लिकन सिनेट सदस्यहरूले आफ्नो पार्टीको निर्देशन विपरीत राष्ट्रपतिको आदेशको विपक्षमा मतदान गरिदिएपछि ट्रम्पको योजना प्रभावित हुने अवस्था आएको हो ।

सिनेटमा राष्ट्रिय सङ्कटकाल उल्ट्याउने पक्षमा मतदान भएपछि ट्रम्पले अब विशेष अधिकार प्रयोग गरेर भए पनि आफ्नो योजना सफल पारिछाड्ने प्रतिक्रिया दिएका छन् ।

तर ट्रम्पको यो योजना पनि सफल हुने देखिँदैन । किनभने त्यहाँको प्रतिनिधिसभामा विपक्षी डेमोक्र्याटिक पार्टीको वर्चस्व छ ।

पर्खाल परियोजनाका लागि आवश्यक पर्ने सबै रकम दिन कंग्रेस तयार नभएपछि ट्रम्पले सङ्कटकालको बाटो रोजेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...