सम्पादकीय: पत्रकारमाथिको धम्की प्रेस स्वतन्त्रतामाथिको प्रहार हो

  • साउन ५, २०८२
  • ४२३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार र ज्यान मार्ने धम्कीको घटना केवल एक व्यक्तिविरुद्धको आक्रमण होइन; यो स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो। विष्णुपुर गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्यत्रबाट बाँडिएको विषयमा तथ्यमा आधारित समाचार लेखेकै कारण पत्रकारमाथि यस्तो दुव्र्यवहार हुनु लोकतान्त्रिक समाजका लागि अत्यन्तै चिन्ताजनक संकेत हो। स्थानीयवासी सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवन गरी पत्रकार यादवमाथि गालीगलौज गर्नु, दुर्व्यवहार देखाउनु र फोनमार्फत ज्यान मार्ने धम्की दिनु केवल अपराध मात्र होइन, यसले प्रेसमाथि डर र त्रासको वातावरण सिर्जना गर्न खोजिएको बुझिन्छ। यस्तो कार्यलाई कुनै हालतमा स्वीकार गर्न सकिंदैन। नेपाल पत्रकार महासंघ, सिराहा शाखाले घटनाको घोर भर्त्सना गर्नु उचित र सान्दर्भिक कदम हो। दोषीलाई कानुनी दायरामा ल्याई कठोर कारवाही हुनु आजको आवश्यकता हो। यदि यस्ता घटनाहरूलाई बेवास्ता गरियो भने स्वतन्त्र प्रेसको अस्तित्वमाथि प्रश्न उठ्नेछ, जुन लोकतन्त्रकै लागि घातक हुन्छ। हामी सबै सञ्चारकर्मी, नागरिक समाज र सचेत वर्ग एकजुट भई पत्रकार सुरक्षाका पक्षमा आवाज उठाउनु आवश्यक छ। पत्रकारिता सत्य बोल्ने कलम हो — यसलाई डर र धम्कीको छायाँमा चल्न बाध्य पार्ने प्रयास लोकतान्त्रिक मूल्य र मान्यतामाथिको खुला हमला हो। त्यसैले, सम्बन्धित निकायहरूले तुरुन्तै गम्भीर ढंगले अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारवाही गर्नु अपरिहार्य छ। यस घटनाले हामी सबैलाई स्वतन्त्र प्रेसको महत्व र त्यसको रक्षाका लागि दृढताका साथ उभिनुपर्ने सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...